काठमाडौं । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ ।
युक्रेनमा जारी युद्धका कारण अधिकांश मध्य र पूर्वी युरोपेली (सिइई) देशहरू चीनलगायत विदेशी शक्तिहरूबाट सतर्क हुन थालेकाले चीनको ‘१७+१ पहल’ गम्भीररूपमा प्रभावित भएको छ ।
सन् २०१२ मा चिनियाँ विदेश मन्त्रालयले चीन र मध्य तथा पूर्वी युरोपेली ( सिइई) देशहरूबीचको व्यापार र लगानी सम्बन्धलाई प्रवद्र्धन गर्न गठन गरेको थियो ।
सिइई सरकारको मनोवृत्तिमा असहजता महसुस गरेपछि चीनले रूस–युक्रेन द्वन्द्वसम्बन्धी अस्पष्ट विषय प्रस्ट गर्न तथा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा उनीहरूको चासोलाई पुनः स्थापित गर्न आफ्ना दुई प्रतिनिधिमण्डल परिचालन गरे पनि सिइई देशहरूले प्रतिनिधिमण्डललाई खासै महत्व नदिँदा बिआरआईको भविष्य अन्योलमा परेको छ ।
सबैभन्दा निराशाजनक प्रतिक्रिया पोल्याण्डबाट प्राप्त भयो जहाँ चिनियाँ प्रतिनिधिमण्डलले पोल्याण्डको विदेश मन्त्रालयका अधिकारीहरूलाई भेट्नसमेत पाएनन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- सन्नी लियोनीलाई टक्कर दिन सक्ने भन्दै नेपाली चेली सुष्मा अधिकारीको भारतभर चर्चा [ १० तस्वीर ]
- के सेक्स सन्तुष्टि पूरा नहुँदा हिस्टेरिया हुन्छ ! के-के हुन् लक्षण
- अमेरिकामा ट्रकमा मृत फेला परेका ४६ जनाको मृत्युको कारण यस्तो रहेछ
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- योनीबाट केही न केही तरलपदार्थ झरिरहन्छ ? कतै यस्तो रोग लागेको छ हैन !
- के गाँजाको सेवनले सेक्स पावर बढाउँछ ?
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- चर्चितहरुको फेसबुकमा देखिने यो निलो टिक के हो ? कहिले र कसरी पाउन सकिन्छ ?
- ज्योति मगरको सुन्न र हेर्न नसक्ने छाडा : सिँधै गर्ने हो भन्छन्, तर म अझै कुमारी छु !
- जान्नुहोस् कागती खाँदाका चमत्कारीक फाइदा
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?
चीनले युरोपेली क्षेत्रमा आफ्नो प्रवेश बढाउन ‘१७+१ पहल’ गरे पनि लगानीका प्रतिबद्धता वास्तविक लगानीमा परिणत हुन सकेको छैन । यो वर्ष ‘१७+१ पहल’ को दशौँ स्थापना दिवस हो तर धेरैजसो सिइई देशहरूले त्यसमा खासै उत्साह देखाएका छैनन् । चिनियाँ लगानी हङ्गेरी, चेक गणतन्त्र र पोल्याण्डमा मात्र सीमित छ ।
अपेक्षित मुनाफा प्राप्त नभएकाले चिनियाँ कम्पनीहरूले पनि यी देशमा लगानी गर्न खासै उत्साह देखाएका छैनन् । सिइई क्षेत्रमा चीनको छवि सुधार्न सक्ने रोमानियाको सेर्नाभोडा आणविक ऊर्जा संयन्त्र वा बुडापेस्ट –(हङ्गेरी)–बेलग्रेड (सर्बिया) रेलवे परियोजना जस्ता केही प्रमुख परियोजनामा विलम्ब भइरहेको छ ।
जारी रुस–युक्रेन द्वन्द्वले सम्पूर्ण युरोपेली क्षेत्रको गतिशीलता परिवर्तन भएको छ । युक्रेनलाई समर्थन गरेर अमेरिकाले यस क्षेत्रमा आफ्नो स्थिति बलियो बनाएको छ र सिइइहरू पनि किएभको आसपास नै रहेकाले उनीहरू पनि वासिङगटनको प्रभावबाट बाहिरिन सकेका छैनन् ।
अमेरिकाले चीनलाई रणनीतिक र आर्थिक प्रतिस्पर्धीका रूपमा लिएकाले त्यसले युरोपेली एकता तोड्ने सम्भावनालाई पनि नकार्न सकिदैन ।