काठमाडौं । विवादित मन्त्रीले राजीनामा दिनु भएको छ । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री (वली)ले पदबाट राजीनामा दिनु भएको हो ।

उहाँले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको जानकारी दिइएको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा दिएको कुरा जानकारी पाएको बताउनुभयो ।

उहाँ राजीनामाबारे बुझ्न मुख्यमन्त्री कार्यालय पुग्दै हुनुहुन्छ । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएपछि उहाँ विवादमा पर्नुभएको हो । उहाँमाथि एकराजकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लगाइएको थियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ । छानविन समितिलाई सघाउन भनेर मन्त्री वलीले राजीनामा दिएको अनुमान गरिएको छ । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उहाँ राजनीतिमा आउनुभयो ।

दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उहाँ तत्कालीन नेकपाबाट विजयी हुनु भएको थियो । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरेर वलीले माओवादी केन्द्र रोज्नु भएको हो ।

सम्बन्धित खबरहरु