काठमाडौं । मङ्गलबार राति परेको अविरल वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन् । भजनी नगरपालिका–३, ४, ५, ७ र ८ का केही स्थानमा डुबान भएको छ ।
त्यस्तै जोशीपुर गाउँपालिका–३ मा पनि दर्जनौँ घर डुबानमा परेका छन् । कान्द्रा नदीको बाढीले सतह पार गरेको छ भने काढा नदी फुट्दा स्थानीयवासीका घरमा डुबान भएको छ । स्थानीय जयप्रसाद ढुङ्गानाका अनुसार काढा नदीले बाँध फुटाउँदा स्थानीयवासी आउसे दमाइँ लगायतका घरहरू जोखिममा रहेका छन् ।
“नदी फुटेर गाउँ पसेको छ । नदीको ढिकमा भएका घरहरू जोखिममा रहेका छन् भने कृष्णपुर गाउँ नै डुबानको जोखिममा रहेको छ ”, ढुङ्गानाले भन्नुभयो, “नदीको बहाव बढ्दै जाने हो भने बस्तीलाई नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्छ । गाउँ पसेको पानीले कति असर गर्छ भन्ने हो ।”
वर्षाका कारण कान्द्रा, पथरैया, काढा, मोहना लगायतका नदीमा पानीको सतह बढेको स्थानीयवासी खेमराज पाण्डेले बताउनुभएको छ । “पानीको सतह बढ्दै गएको छ ।
हामीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिरहेका छौँ । कतिपय ठाउँमा पानीको सतह सडकभन्दा माथि पुगिसकेको छ ”, पाण्डेले भन्नुभयो, “पानीको सतह बढ्दै जाने हो भने सयौँ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको अवस्था आउन सक्छ ।”
कान्द्रा नदीमा पानीले सतह पार गरेपछि डुङ्गाको प्रयोग गरिएको छ । स्थानीयवासीलाई आवतजावतका लागि डुङ्गाको मद्दतबाट वारपार गराइँदै आएको स्थानीयवासी राजेन्द्र बोहराले बताउनुभएको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- सन्नी लियोनीलाई टक्कर दिन सक्ने भन्दै नेपाली चेली सुष्मा अधिकारीको भारतभर चर्चा [ १० तस्वीर ]
- के सेक्स सन्तुष्टि पूरा नहुँदा हिस्टेरिया हुन्छ ! के-के हुन् लक्षण
- अमेरिकामा ट्रकमा मृत फेला परेका ४६ जनाको मृत्युको कारण यस्तो रहेछ
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- योनीबाट केही न केही तरलपदार्थ झरिरहन्छ ? कतै यस्तो रोग लागेको छ हैन !
- के गाँजाको सेवनले सेक्स पावर बढाउँछ ?
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- चर्चितहरुको फेसबुकमा देखिने यो निलो टिक के हो ? कहिले र कसरी पाउन सकिन्छ ?
- ज्योति मगरको सुन्न र हेर्न नसक्ने छाडा : सिँधै गर्ने हो भन्छन्, तर म अझै कुमारी छु !
- जान्नुहोस् कागती खाँदाका चमत्कारीक फाइदा
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?
तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको बताउँदै बहुमूल्य वस्तुहरुको सुरक्षाका लागि स्थानीयवासीले तयारी थालेको उहाँले बताउनुभयो ।