काठमाडौं । उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् ।
आज यहाँ शुरू भएको नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नाटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए ।
रूसी आक्रमणले युरोपको शान्ति भङ्ग गरेको बताउँदै उनले शीतयुद्धपछि नाटोले पूर्वी युरोपमा भारीमात्रामा सेना र हतियार परिचालन गर्नुपरेको उल्लेख गरे ।
ऊर्जा र अन्य आवश्यक स्रोत– साधनको लागत बढिरहेकाले नाटोका सहयोगीहरूले स्रोत व्यवस्थापनमा तनावका सङ्केत देखाएका छन् । यद्यपि उनीहरूले युक्रेनलाई अर्बौँको सैन्य एवम् नागरि सहायता उपलब्ध गराएका छन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- सन्नी लियोनीलाई टक्कर दिन सक्ने भन्दै नेपाली चेली सुष्मा अधिकारीको भारतभर चर्चा [ १० तस्वीर ]
- के सेक्स सन्तुष्टि पूरा नहुँदा हिस्टेरिया हुन्छ ! के-के हुन् लक्षण
- अमेरिकामा ट्रकमा मृत फेला परेका ४६ जनाको मृत्युको कारण यस्तो रहेछ
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- योनीबाट केही न केही तरलपदार्थ झरिरहन्छ ? कतै यस्तो रोग लागेको छ हैन !
- के गाँजाको सेवनले सेक्स पावर बढाउँछ ?
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- चर्चितहरुको फेसबुकमा देखिने यो निलो टिक के हो ? कहिले र कसरी पाउन सकिन्छ ?
- ज्योति मगरको सुन्न र हेर्न नसक्ने छाडा : सिँधै गर्ने हो भन्छन्, तर म अझै कुमारी छु !
- जान्नुहोस् कागती खाँदाका चमत्कारीक फाइदा
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?
नाटोलाई सर्वाधिक सैन्यशक्ति प्रदान गर्ने देश अमेरिका हो । राष्ट्रपति जो बाइडेनले नाटो गठबन्धन विगतमा पनि एकजुट रहेको र भविष्यमा अझ सबल एवम् सुदृढ रहने बताए ।
नाटोमा स्रोत परिचालन एउटा संवेदनशील विषय बन्नसक्ने स्थिति छ । तीस सदस्यीय नाटोका नौ देशले प्रतिरक्षामा कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत खर्च गर्ने सङ्गठनको लक्ष्य पूरा गरेका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नाटोका सदस्य मुलुकलाई आगामी दशकमा प्रतिरोध एवम् प्रतिरक्षाका निम्ति स्रोतको सुनिश्चित गर्न गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
नाटो नेताहरूले पूर्वी युरोपमा गठबन्धन सेनालाई रूसविरूद्ध बलियो एकता निर्माण गर्नु म्याडरिड शिखर सम्मेलनको प्रमुख प्राथमिकता भएको बताएका थिए ।
उनीहरूले युरोपको सुरक्षालाई सुदृढ एवम् सबल तुल्याउनुपर्नेमा जोड दिँदै रूस युरोपका लागिमात्र नभई समग्र नेटाका निम्ति पनि चुनौती भएको बताए । युक्रेनलाई थप सहायता उपलब्ध गराउनेबमा केन्द्रित रहेर सम्मेलनमा छलफल हुनेछ ।