काठमाडौं । नेपालमापनि कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो ।

एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना मात्र संक्रमणमुक्त भएका छन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

छिमेकी मुलुक भारतमापनि कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ । नेपालमापनि आजबाट संक्रमण बढेको देखिन्छ । पछिल्लो २४ घण्टामा नेपालमा संक्रमण दर ३ दशमलव १६ पुगेको छ ।

काठमाडौँमा १४ जनामा हैजा देखियो
काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उहाँहरू उपचारपश्चात् घरफर्कनु भएको जानकारी दिनुभयो ।

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उहाँहरूको अवस्था सामान्य छ ।

हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु