काठमाडौं । हत्याको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन् ।

घाँटी थिची कर्तव्य गरी मारेको घटनालाई झुण्डिएर मृत्यु भएको बताउने व्यक्ति समातिएका हुन् ।

सो घटनामा संलग्न रहेको अभियोगमा रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने २१ वर्षीय औसयद महमदलाई कवारीलाई नियन्त्रणमा लिइएको छ ।

उनलाई असार ६ गते प्रहरीले पक्राउ गरेको थियो । कवारीकी श्रीमती २१ वर्षीया तराना खातुन २०७८ चैत्र १० राति आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डीएको अवस्थामा फेला परेकी थिइन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

चन्द्ननिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा प्रहरीले डरलाग्दो रहस्य पत्ता लगाएको हो ।

अनुसन्धानपछि तरानाको झुण्डिएर नभई घाँटी थिची हत्या भएको खुल्यो । त्यसपछि कवारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि जिल्ला अदालत रौतहटबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु