काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले M.Sc. Botany I Semester -077 Exam Result 28th Jun, 2022 र M.Sc. Biotechnology I Semester -077 Exam Result 28th Jun, 2022 को नतिजा प्रकाशित गरेको हो ।

यसैगरी M.Sc. III Semester -076 Exam Centre Notice 28th Jun, 2022 को परीक्षा केन्द्र सार्वजनिक गरेको छ भने को B.Sc. CSIT VIII Semester -074 & IV Semester -076 Exam Routine 28th Jun, 2022 परीक्षा तालिका (रुटीन) प्रकाशित गरेको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

प्रश्रितसहित छ जनालाई सम्मान
वरिष्ठ साहित्यकार तथा पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितसहित छ जनालाई भानु साहित्यक प्रतिष्ठानले सम्मान गर्ने भएको छ ।

यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसर पारेर काँकरभिठ्ठामा प्रतिष्ठानले प्रश्रितसहित क्या गोपिलाल लिम्बू (इतिहासकार/अन्वेषक), जीएन शर्मा (पत्रकार), भानुभक्त कुभिण्डेली (साहित्यकार), शशीप्रसाद बजगाईं (साहित्यकार तथा पत्रकार), मातृकाप्रसाद सङ्ग्रौला (कलाकार तथा साहित्यकार) लाई सम्मान गर्ने भएको हो ।

प्रश्रितलाई रु एक लाख एक हजार र अन्य सबैलाई नगद रु २१ हजारका दरले सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

असार २८ गते भानुजन्यतीको अवसर पारेर प्रतिष्ठानले कविता गोष्ठीसमेत आयोजना गरेको छ । त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साहित्यकारको सहभागिता रहने जनाइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु