काठमाडौं । एकल भत्तालाई लिएर नयाँ प्रावधान ल्याउन थालिएको छ । १० वर्षसम्म श्रीमानसँग अलग भएका महिलाहरुले पनि भत्ता पाउन सक्ने गरी प्रावधान ल्याउन लागिएको हो ।

सांसदहरुले श्रीमान १० वर्षसम्म निरन्तर सम्पर्कविहीन भए श्रीमतीलाई एकल महिला भत्ता दिनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै उनीहरुले यस्तो माग राखेका छन् । एमाले सांसदद्वय विमला वि.क. र विमला विश्वकर्माले यस्तो प्रस्ताव अगाडि सार्नु भएको हो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उहाँले आफ्नो प्रस्ताव संसद सचिवालयको विधेयक शाखामा दर्ता गराउनु भएको हो । एकल महिलाको परिभाषामा ‘नियमित १० बर्षभन्दा बढी समय श्रीमान सम्पर्कविहीन वा बेपत्ता भएका महिला’ भनेर थप गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु