काठमाडौं । चर्चित सामाजिक अभियान्ताले राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट अलग्गिएको घोषणा गर्नुभएको छ ।

सामाजिक अभियान्ता ज्वाला संग्रौलाले पार्टी छोडेको घोषणा गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले सो पार्टीबाट अलग भएको घोषणा गर्नुभयो ।

फेसबुकमा उहाँले लेख्नु भएको छ, ‘आजसम्मको यो यात्रामा मलाई साथ दिनुहुने पार्टीका सबै अग्रज ब्यक्तित्वहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

ब्यक्तिगत रुपमा राजेन्द्र लिङदेन दाईलाई मेरो सदैव साथ, सपोर्ट र सम्मान रहिरहनेछ ।

यो मुलुक परिवर्तनको यात्रामा राजेन्द्र लिङदेनले एकदिन देशको नेतृत्व लिएरै छाड्नु हुनेछ भन्ने कुरामा पनि म ढुक्क छु । ’

अबको आफ्नो समय देशमा असल काम गर्नेहरु सबै प्रति समर्पित रहने पनि उहाँले उल्लेख गर्नुभएको छ । उहाँले रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने विश्वास गरिएको छ ।

अभियान्ता ज्ञानेन्द्र शाही राप्रपामा गएसँगै उहाँपति त्यतै जानुभएको थियो । अब रविले पार्टी खोलेपछि ज्ञानेन्द्र छोडेर रविको कित्तामा आउँने आँकलन गरिएको छ ।

आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट अलग्गिएको घोषणा गर्दछु।

आजसम्मको यो यात्रामा मलाई साथ दिनुहुने पार्टीका सबै अग्रज ब्यक्तित्वहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। ब्यक्तिगत रुपमा राजेन्द्र लिङदेन दाईलाई मेरो सदैव साथ , सपोर्ट र सम्मान रहिरहनेछ ।

यो मुलुक परिवर्तनको यात्रामा राजेन्द्र लिङदेनले एकदिन देशको नेतृत्व लिएरै छाड्नु हुनेछ भन्ने कुरामा पनि म ढुक्क छु। अबको मेरो समय यो देशमा असल काम गर्नेहरु सबै प्रति समर्पित रहने छ । सबैको जय होस् , मंगल होस्।❤️🌹🇳🇵

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु