काठमाडौं । पेस्तोल पड्काएर श्रीमती तर्साउने युवक पक्राउ परेका छन् । पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उहाँको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको थियो ।

उहाँले सोमबार राति श्रीमतीसँग विवाद भएपछि छतमा पुगेर पेस्तोल पड्काएको प्रहरीले जानकारी दिएको छ । गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेका थियो ।

जानकारी अनुसार श्रीमान्–श्रीमतीबीच घरायसी वादविवाद हुँदा तर्साउनको लागि गोली चलाएको मनिषले प्रहरीलाई बयान दिनुभयो । मनिषलाई अहिले धनुषा प्रहरीको हिरासतमा राखेर हातहतियार तथा खरखजाना मुद्दामा थप कारबाही हुँदैछ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु