काठमाडौं । कर्णालीका कृषि मन्त्री चन्द्रबहादुर शाहीले रासायनिक मल उपलब्ध गराउने दायित्व केन्द्र सरकारको भएकाले प्रदेश सरकारले यसबारे केही गर्न नसक्ने बताउनुभयो ।

बुधबार वीरेन्द्रनगरको मनिकापुरमा एक सहकारीले आयोजना गरेको कार्यक्रममा सहभागी मन्त्री शाहीले रासायनिक मलका लागि संघीय सरकारको कृषि मन्त्रालयसँग समन्वय गरिरहेको बताउनुभयो ।

उहाँले केही मान्छेलाई एक छाक खान पुग्ने धान फल्ने बीउको माला लगाउनुभएको थियो ।

त्यहाँ रोपाइँको काम थियो । धान रोप्नुअघि रासायनिक मल लगाउने चलन छ । तर मल नहुँदा कृषि मन्त्री आएको रोपाइँ कार्यक्रममा नै कृषकले मल लगाउँन पाएनन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

हातमा रोपो (धानको बिउ) समातेका उहाँले कृषकको बीचमा उभिएर ‘प्रदेश सरकारले रासायनिक मलको समस्या समाधान गर्न नसक्ने’ प्रस्ट पार्नुभयो ।

प्राङ्गारिक तर्फ प्रदेशलाई लैजाने भन्ने आधार तयार गर्नका लागि १० वटै जिल्लामा कार्यक्रम अगाडि बढिरहेको चर्चा गर्दै उहाँले मलको समस्या कर्णालीको मात्र समस्या नभई सबैतिरको समस्या रहेको बताउनुभयो ।

‘कृषकका अन्य समस्या पनि छन् । हामी ती समस्या समाधान गर्न गम्भीर छौं,’ उहाँले कृषकका अघि बचन दिनुभएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु