काठमाडौं । भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीको निजी सचिवमाथि बलात्कारको आरोप लागेको छ ।

दिल्लीको उत्तम नगर प्रहरी चौकीमा एक दलित महिलाले सोनियाका निजी सचिव पीपी माधवनविरुद्ध जागिर र विवाहको बहानामा बलात्कार गरेको आरोपमा उजुरी दायर गरेकी हुन् ।

२६ जुनमा दिल्लीको उत्तम नगर पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ।

महिलाले एफआईआरमा उनको पतिले काँग्रेस कार्यालयमा होर्डिङहरू राख्ने काम गर्ने गरेको र उनको दुई वर्षअघि निधन भएको थियो । त्यसपछि उनले कामका लागि पीपी माधवनसँग सम्पर्क गरेकी थिइन् ।

माधवनले आफूलाई जागिर र विवाहको बहानामा पटकपटक बलात्कार गरेको महिलाको आरोप छ । यता माधवनले भने उक्त महिलालाई आफूले चिनेको तर आरोप झुटो भएको बताएका छन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

एफआईआरका अनुसार २१ जनवरी २०२२ मा माधवनले महिलालाई पहिलो पटक आफ्नो घरमा बोलाएका थिए । माधवनले उनलाई आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद भएको बताएका थिए ।

त्यसपछि ती महिला र माधवनलाई पटकपटक भेटेको र यस क्रममा आफूसँग जबरजस्ती गरेको कुरा उल्लेख गरेकी छन् ।

महिलाको उजुरीको आधारमा उत्तम नगर पुलिस स्टेशनमा माधवनविरुद्ध धारा ३७६, ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसबारे थप अनुसन्धान हुँदैछ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

सम्बन्धित खबरहरु