काठमाडौं । गत वर्षको असार १५ मा दोहोरी गायक छत्र साउदसँग हिलोमा डुबुल्की मारेको भिडियो खुबै भाइरल भयो ।

त्यो बेला भने दिदि भाईले हिलोमा रेस्लिङ्ग खेलेको भनियो । तर यो पटक भने जुरेलीमाथी अभद्र व्यवहार भएको छ ।

त्यो बेला धेरैले उनलाई रोपाइँका नाममा उच्छृङ्खलता देखाएको भनेर आलोचना गरेका थिए ।

उक्त घटनामा गायक छत्रले एकाएक अस्मितालाई समातेर हिलोमा पछारेका थिए । हेर्दा अनौठो लाग्नेगरी थिचेका थिए । त्यो दुबैका लागि सामान्य भनियो ।

यसपालिको रोपाइँमा पनि उनीमाथि फेरि त्यस्तै घटना भएको छ। युवा संघले आयोजना गरेको रोपाइँ कार्यक्रममा भाग लिन उनी भैंसेपाटी पुगेकी थिइन् । त्यहाँ एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नेतृत्वमा ठूलो टोली थियो ।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथि थिए । रोपाइँ कार्यक्रममा रमाइरहेका बेला एक अपरिचित पुरुषले जुरेलीलाई एक्कासि कम्मरमा समातेर हिलोमा पछारेको भिडियो बाहिर आएको छ ।

‘म आफ्नै धुनमा थिएँ, एक जना चिन्दै नचिनेको व्यक्तिले बलपूर्वक समातेर हिलोमा लडाएपछि स्तब्ध भएँ,’ उनले सुनाइन् । ती व्यक्तिले आफूलाई गलत नियतका साथ हातपात गरेको अस्मिताको आरोप छ ।

‘म रोपाइँ उत्सवमा रमाइलो गर्न गएकी थिएँ, तर युवा संगठनकै एक व्यक्तिबाट दुर्व्यवहारको शिकार भएँ,’ उनले भनिन् । उनले आफूमाथी दुर्व्यवहार भएको आरोप लगाएकी छिन् ।

भिडियोमा युवाले लडाए लगत्तै अस्मिताले प्रतिकारको प्रयास गरेको देखिन्छ । तर, ती पुरुषले आफूलाई हात र घाँटीमा अँठ्याएको तथा कपडासमेत च्यातिदिएको उनको आरोप छ । भिडियोमा कपडा च्यातिएको देख्न सकिन्छ ।

सार्वजनिक भएको एक भिडियोमा एक बलिष्ठ पुरुषसँग अस्मिताले टकराब गरिरहेको देखिन्छ । उनले पुरुषको कपडा तानेकी छन् भने पुरुषले उनलाई बलियोसँग अँठ्याएका छन् ।

उनीहरुबीच घम्साघम्सी परेपछि युवासंघका अन्य व्यक्तिहरू आएर छुट्याएका थिए । सो घटना हुँदा प्रमुख अतिथि पोखरेल हिँडिसकेका थिए । महेश बस्नेत पछि थिएनन् । अभिनेत्री करिश्मा मानन्धर पनि उक्त रोपाइँमा सहभागी थिइन् । घटना हुँदा उनी पनि त्यहीँ उपस्थित रहेको जुरेलीको दाबी छ ।

आफूमाथि दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाहीमा जान सक्ने उनले बताइन् ।

‘गत वर्षको घटनामा पनि मेरो केही दोष थिएन । छत्र साउदले मलाई जबरजस्ती समातेर हिलोमा लडाएका थिए । तर, बेकारमा किन विवाद गर्नु भनेर मैले उनको विरुद्धमा कतै पनि बोलिनँ । भाई हो भनेर छोडे । तर, यो वर्ष त चिन्दै नचिनेको मान्छेले यस्तो गरे । रोपाइँमा रमाउन गएकी म रुँदै फर्किनुपरेको छ । यो पटक चुप लागेर बस्दिनँ,’ उनले भनिन् ।

रोपाईंस्थल नजिकै प्रहरी चौकी रहेको छ । आफूले च्यातिएका कपडा प्रहरी चौकीमै छोडेर आएको उनले बताइन् । आफूमाथि गलत हर्कत गर्ने पुरुषको नाम थाहा नभए पनि उनी युवा संघकै सदस्य भएको उनको भनाइ छ ।

अस्मिता जुरेली रेसलरका रूपमा परिचित छिन् । उनी एमाले कार्यकर्ता पनि हुन् । केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’ नाममा दर्ता गरिएको पार्टीकी उनी सचिव थिइन् । अहिले उनी मोडलिङमापनि जम्दै आएकी छिन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु