काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक बन्न आवेदन दिएकामध्ये ६ जनाको नाम सार्वजनिक गरिएको छ ।
गत जेठ २० गते सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त दिएकामध्ये योग्यता पुगेका ६ जनाको मात्रै नाम सार्वजनिक गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार दरखास्त दिएकामध्ये ६ जनाको मात्रै तोकिएको योग्यता पुगेकाले उनीहरुको आवेदन स्वीकृत भएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार निजगढ–८ बाराका निर्मलकुमार उप्रेती, मध्यनेपाल नगरपालिका–४ लमजुङका तोयराज अधिकारी, टोखा नगरपालिका–७ काठमाडौंका दुर्गादत्त ढकालको उम्मेदवारी परेको छ ।
त्यस्तै कोल्हवी नगरपालिका–४ बाराका डा. द्वारिका उप्रेती, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका युवराज बस्नेत र फलेवास–६ पर्वतका हरिकुमार श्रेष्ठको दरखास्त पनि स्वीकृत गरिएको छ ।
श्रममन्त्रीको अध्यक्षतामा रहने वैदेशिक रोजगार बोर्डको सदस्य सचिव बोर्डको कार्यकारी निर्देशक रहने व्यवस्था छ । अहिले बोर्डको कार्यकारी निर्देशक राजन श्रेष्ठ हुनुहुन्छ ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको पालामा श्रेष्ठ नियुक्त हुनुभएको थियो । उहाँको ६ वर्षे कार्यकाल सकिन लागेपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- मदनकृष्णको खुट्टा ढोग्दै रविले लिए आर्शिवाद : जान्नेलाई छान्ने भन्दा बधाईको ओइरो !
- के सेक्स सन्तुष्टि पूरा नहुँदा हिस्टेरिया हुन्छ ! के-के हुन् लक्षण
- एमाले अध्यक्ष ओली र पत्नीद्धारा मेसिनबाट रोपाइँ [ ९ तस्वीर ]
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- गुडिरहेका बेला अचानक आफ्नै नम्बरको अर्को मोटरसाईकल आएपछि…
- के गाँजाको सेवनले सेक्स पावर बढाउँछ ?
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- दुर्गा प्रसाईको नजरमा गोविन्द केसी दलाल, अपराधी, भन्छन्–म उसलाई मान्छे नै मान्दिँन (भिडियो)
- अष्ट्रेलियामा अनौठो जीव फेला, विश्वको ‘सबैभन्दा कुरूप’ दर्जा दिइयो
- जान्नुहोस् कागती खाँदाका चमत्कारीक फाइदा
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?