काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेपछि वामदेव गौतम नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुग्नुभएको छ ।

उहाँ ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको छ ।

वामपन्थी एकताको अभियान सञ्चालन गर्ने गरी लाग्नुभएका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिनुभएको थियो ।

ओली निवासमा दुई नेताबीच कुराकानी भइरहेको छ । बालकोट पुग्नुभएका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड–माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताउँदै आउनुभएको छ ।

‘त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लाग्नुभयो ।

अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन्’, ओलीको भनाइ थियो ।

गौतमले भने आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा रहेको बताउँदै आउनुभएको छ । उहाँले सबै नेताहरुसँग छलफल गरेर फेरी नेकपा एकता गर्ने पहल गर्नुभएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु