काठमाडौं । आफ्नै ज्यान जोखिममा राखेर दुई बालकहरुको बाढीबाट उद्दार गरेको भिडियो अहिले विश्वभरी नै भाइरल भइरहेको छ ।
यति साहास देखाए र यति बलियो प्रस्तुती दिए कि देख्नेहरु सबै स्तब्ध भइरहेका छन् ।
बालक उद्धार भइसकेपछि हर्षका आँशु बगाउँदै उनीहरुलाई सलाम गरिरहेका छन् । भिडियो एक ओमानी नागरिकको हो । उनी यतिबेला विश्वव्यापी रूपमै प्रशंसित बनेका छन् ।
उनले डरलाग्दो बाढीबाट साहसिकरुपमा एक्लै दुई बालकको उद्दार गरेको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । खासमा यो उद्धारमा उनका बुवा पनि संलग्न थिए ।
مشهد بطولي لـ شاب عماني ينقذ طفلين من موت محقق pic.twitter.com/sWoyKfj35V
— جريدتكم (@ImeGrop) June 25, 2022
यो घटना भने गत शुक्रबारको हो । अलि बिन नासेर अल वार्दी नामका युवक आफ्नै घरमा बुवासँग बसेर वर्षातका बारेमा कुराकानी गरिरहेका थिए । उनले वादी बहला नदीको सुन्दर दृष्यावलोकनका लागि आफूसँग जान बुवालाई प्रस्ताव गरे ।
जब उनीहरु आफ्नो घरबाट बाहिर निस्किए, बाबु–छोराले देखे कि बाढी उर्लिएको नदीमा फसेका दुई बच्चाहरु सहाराका लागि चिच्याइरहेका थिए । उनीहरु एउटा जैतुनको रुखको जरालाई पकडेर आफ्नो ज्यान बचाउन प्रयासरत थिए ।
‘त्यो देखेपछि मैले आफ्नो कपडा फुकालेँ । बुवाले मेरो कम्मरमा एउटा डोरीले बाँध्नुभयो र अर्को छेउ आफूले समात्नुभयो ।
म बाढीमा होमिएँ,’ अल वादीले भने । त्यसबेला आफ्नो दिमागमा बच्चाहरुको ज्यान जोगाउने कुरा मात्रै रहेको र भगवानको प्रार्थना गरिरहेको उनी बताउँछन् ।
‘म जोडजोडले चिच्याएर उनीहरुलाई नआत्तिनका लागि हौसला दिइरहेको थिएँ । वरिपरी कुनै बलियो चिज भए त्यसलाइ समात्न भनिरहेको थिएँ । तर, त्यस्तो चिज केही थिएन । जसरी–तसरी म उनीहरुसम्म पुगेँ । उनीहरुलाई छुनासाथ मेरो आँखाबाट बर्बरी आँशु बगे ।
उनीहरुलाई मैले अंगालेँ । चिन्ता नलिन आग्रह गरेँ । म जसरी पनि तिमीहरुलाई बचाउँछु भने । तर सानो केटो चाहिँ धेरै डराइरहेको थियो । म मर्न चाहन्न भनेर रोइरहेको थियो ।’ उनले वर्णन गरे ।
अल वार्दी भन्छन्, ‘म भगवानलाई धन्यवाद दिन्छु कि मैले उनीहरुलाई सकुशल उद्दार गर्न सकेँ ।’ अल वार्दीका अनुसार ती बच्चाहरु १३ र ७ वर्षका थिए । उनीहरु निक्कै वजनका देखिन्छन् ।
उनीहरुलाई पानीले निक्कै धक्का दिएको छ । झण्डै डुब्ने पानी, ठाडो खहरे खेलाको शक्तिशाली पानीको झड्कालाई समेत जित्दै दुई जनालाई नै च्यापेर उनले खोला बाहिर निकाल्छन् । यो कुनै चलचित्रमा समेत समावेश गर्न नसकिने दृष्य विश्वभरी नै फैलिरहेको छ । एजेन्सी
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- मदनकृष्णको खुट्टा ढोग्दै रविले लिए आर्शिवाद : जान्नेलाई छान्ने भन्दा बधाईको ओइरो !
- के सेक्स सन्तुष्टि पूरा नहुँदा हिस्टेरिया हुन्छ ! के-के हुन् लक्षण
- एमाले अध्यक्ष ओली र पत्नीद्धारा मेसिनबाट रोपाइँ [ ९ तस्वीर ]
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- गुडिरहेका बेला अचानक आफ्नै नम्बरको अर्को मोटरसाईकल आएपछि…
- के गाँजाको सेवनले सेक्स पावर बढाउँछ ?
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- दुर्गा प्रसाईको नजरमा गोविन्द केसी दलाल, अपराधी, भन्छन्–म उसलाई मान्छे नै मान्दिँन (भिडियो)
- अष्ट्रेलियामा अनौठो जीव फेला, विश्वको ‘सबैभन्दा कुरूप’ दर्जा दिइयो
- जान्नुहोस् कागती खाँदाका चमत्कारीक फाइदा
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?