
काठमाडौं । खुलेरै राजनीतिमा लाग्नु भएका रवि लामिछानेको व्यवस्तता बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गरेर राजनीतिमा लाग्नु भएका लामिछाने अहिले संगठन बनाउनतिर लाग्नु भएको छ ।
यसबीच उहाँको विभिन्न व्यक्तिहरुसँग भेटघाट पनि बाक्लियो । हालै उहाँले चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको खुट्टा ढोग्दै आर्शिवाद पनि लिनुभयो ।
हास्यकलाकार किरण केसीको जन्मदिनमा पत्नी निकितासहित पुग्नु भएका लामिछानेले धेरैजना कलाकारहरुसँग भेटघाट गर्नुभयो ।

त्यहाँ भएका लामिछाने समर्थकहरुले जान्नेलाई छान्ने भन्दै नयाँ राजनीतिक यात्राका लागि सफलताको शुभकामना पनि दिए । आज जन्मदिन पर्नुभएका केसीको कुरा गर्दा जन्म ललितपुरको इमाडोलमा २०१४ असार १५ मा भएको थियो ।
बुवा दुर्गाबहादुर र आमा इन्द्रकुमारीका उहाँ कान्छो र तेह्रौँ सन्तान हुनुहुन्छ ।
राष्ट्रिय नाचघरमा जागिर खाँदा नै कलाकारिता सुरु गर्नुभएका केसीले २०२८ सालमा ‘धानका बाला इलरी–बिलरी...’ गीतमा नाचेर पहिलोपटक मञ्चमा पुग्नुभयो । उहाँले अभिनय गरेको पहिलो धारावाहिक ‘मह‘ को ‘१५ गते’ हो भने पहिलो चलचित्र शम्भु प्रधानको निर्देशनमा बनेको ‘सन्तान’ हो ।
केसीले हालसम्म करिब २ सय ५० वटा धारावाहिक शृङ्खला र ८५ वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसक्नु भएको छ । केसीले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रज्ञा पुरस्कार पनि पाउनुभयो ।
केसीको बारेमा ‘शब्दचित्रमा किरण केसी’ नामक पुस्तक २०६५ मा उहाँकै जन्म दिनमा छापिएको थियो । उक्त पुस्तक टीका ढकालले लेख्नुभएको हो । उहाँको थेगो बनेका ‘ए राता मकै’ र ‘धरोधर्म माइली’ गरेर दुईवटा गीति एल्बम पनि बजारमा आइसकेका छन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- मदनकृष्णको खुट्टा ढोग्दै रविले लिए आर्शिवाद : जान्नेलाई छान्ने भन्दा बधाईको ओइरो !
- के सेक्स सन्तुष्टि पूरा नहुँदा हिस्टेरिया हुन्छ ! के-के हुन् लक्षण
- एमाले अध्यक्ष ओली र पत्नीद्धारा मेसिनबाट रोपाइँ [ ९ तस्वीर ]
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- गुडिरहेका बेला अचानक आफ्नै नम्बरको अर्को मोटरसाईकल आएपछि…
- के गाँजाको सेवनले सेक्स पावर बढाउँछ ?
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- दुर्गा प्रसाईको नजरमा गोविन्द केसी दलाल, अपराधी, भन्छन्–म उसलाई मान्छे नै मान्दिँन (भिडियो)
- अष्ट्रेलियामा अनौठो जीव फेला, विश्वको ‘सबैभन्दा कुरूप’ दर्जा दिइयो
- जान्नुहोस् कागती खाँदाका चमत्कारीक फाइदा
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?