रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा नै नदिएको खुलाउनुभएको छ ।

उहाँले मुख्यमन्त्री कुलप्रसाद केसीले स्वीकृत गरेको प्रदेशसभामा जानकारी गराएपनि आफूले राजीनामा नै नदिएको बताउनुभएको छ ।

मन्त्री जस्तो पदमा समेत आफूले राजीनामा नदिँदै राजीनामा स्वीकृत भएको यो अत्यन्तै अनौठो घटना हो । मन्त्रीको त यस्तो हुन्छ भने साधारण व्यक्तिको के होला ?

जेठ ३१ गते उहाँका प्रेमी भनिएका दाङका एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमति तथा छोरीलाई कुटपिट तथा घरमा तोडफोडको आरोप लागेकी राज्यमन्त्री वलीले १२ गते राजीनामा दिएको र बुधबार स्वीकृत गरिएको मुख्यमन्त्री केसीले सदनमा जानकारी दिनुभएको थियो ।

तर वली आफैले राजीनामा नदिएको दावी गर्नुभएको छ । प्रायः पत्रकारको फोन कमै उठाउने र उठाएपनि कम बोल्ने उहाँले बिहीबार बिहान भने एक मिडियालाई फोन नै गरेर राजीनामा नदिएको जानकारी दिनुभएको छ । आफूले राजीनामा नदिएको बुधबार नै बताएको र आफू बैठकमा रहेकाले अन्य निर्णय केही समयपछि जानकारी दिने भन्दै फोन राख्नुभयो ।

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, उहाँको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेर सदनलाई जानकारी गराइसक्नुभयो अब उहाँले के बोल्नुहुन्छ भन्ने विषयमा हामीले जान्ने कुरा भएन– माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले भन्नुभयो । कसले के भन्यो र कसको लहैलहैमा लाग्नुभयो अचम्मै छ। घर्तीको आश्चर्यले पनि वलीले उठाएको प्रसंग बाझिएको प्रष्ट हुन्छ ।

विमलाले बुधबार नै आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भन्नुभएको थियो ।

उहाँको राजीनामा नदिएको भनाइ र सरकारले स्वीकृत गरेको विषयले उहाँलाई थप विवादमा तानेको छ । उहाँ अनेकौँ विवादमा फस्दै आउँनुभएको छ । यसअघिपनि पार्टी परिवर्तन, अपहरण आरोप अनेक कुराले उहाँलाई चर्चामा राखेको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु