काठमाडौं । एक महिलाले आफ्नो श्रीमानलाई भाडामा दिन लागेकी छिन् । बेलायतमा एक महिलाले आफ्नो श्रीमानलाई भाडामा दिन लागेकी हुन् ।

त्यसका लागि उनले वेबसाइट पनि खोलिन् । वेबसाइटको नाम ‘रेन्ट माइ हेन्डी हसबेन्ड’ हो ।

यसबारे आफ्नो धारणा बनाउनु अघि, हामी तपाईंलाई जानकारी गराउन चाहान्छौँ, ती महिलाका श्रीमानले घरको काम राम्रोसँग गर्छन् ।

त्यसैले श्रीमान् र श्रीमतीले सोच विचार गरेर त्यो सीप सदुपयोग गर्दै पैसा किन नकमाउने ? भन्ने निष्कर्षमा पुगेका हुन् । श्रीमानलाई भाडामा दिने महिलाको नाम लौरा यङ हो ।

उनका श्रीमानले उनलाई घरको काममा धेरै सहयोग गर्छन् । बेलायतको समाचार वेबसाइट द सनका अनुसार लौराका श्रीमानको नाम जेम्स हो ।

यो दम्पतीका तीन सन्तान पनि छन् । जेम्सले लौरालाई सबै कुरामा मद्दत गर्छन् । जेम्सले घरमा ओछ्यानसम्म मिलाउने गरेको लौराले बताइन् । त्यसमा ९ फिटको पारिवारिक ओछ्यान पनि पर्दछ ।

उनले घरको भान्छा पनि मिलाउछन् । महिलाका अनुसार उनका श्रीमान खाने टेबल स्क्र्याचबाट पूर्ण रूपमा तयार गर्छन् । लौरा भन्छिन्, ‘जेम्स पेन्टिङ, सजावट, टाइल बिछ्याउने र कार्पेटको काम पनि गर्न सक्छन् ।’

एक पोडकास्टमा, लौराले जेम्सलाई सबै काम आउने भन्दै उक्त सिपलाई प्रयोग गर्न भाडामा लगाएको कुरा उल्लेख गरिन् । लौराले भनिन्, ‘मानिसहरूले मेरो वेबसाइटमा धेरै चासो देखाएका छन् ।

तर कतिपय यस्ता पनि छन्, जसलाई मेरो काम मन परेको छैन् । उनीहरुलाई लाग्छ कि मैले केहि गलत काम गरिरहेको छु । तर यदी पैसाको कमी नै भयो भने पनि म गलत्त काम गर्दिन ।’

जेम्सलाई कसरी ट्राम्पोलिनहरू लगाउने भन्ने कुरा राम्रोसँग थाहा छ । उनले दराज पनि बनाउन सक्छन् । सामानहरु कोठामा कसरी मिलाउने भन्ने कुराको ज्ञान पनि आफ्नो श्रीमानसँग भएको ती महिलाको दाबी छ ।

उनका अनुसार जेम्सले मोटर मेकानिक्स पढ्न कलेज जान चाहेका छन् । त्यसका लागि परिवारलाई पैसा चाहिन्छ ।

लौराले थप भनिन्, ‘जेम्सलाई सुरुदेखि नै निर्माण कार्यमा काम गर्न मन लाग्थ्यो, मैले उनलाई परिवारको घर बनाउन, साथीको घर बनाउन र साथीहरूको परिवार बनाउन मद्दत गरेको देखेको छु ।

हाम्रो घरको भाडा करिब ३५ युरो ९अर्थात करिब ४६३१ रुपैयाँ० छ ।’ उनको नजरमा कुनै पनि काम सानो वा ठूलो हुँदैन ।

लौराका अनुसार श्रीमान भाडामा लिन चाहनेको बजेट अनुसार उनको वेबसाइटमा काम उपलब्ध हुन्छ । उनले आफ्नो वेबसाइटमा अपाङ्गता भएका र जेष्ठ नागरिकलाई विशेष छुट दिने पनि स्पष्ट पारिन् ।

सम्बन्धित खबरहरु