काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एकताको पहल गर्न आग्रह गरिएको छ ।

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष ओलीलाई ठुलो पार्टी अध्यक्षको हैसियतले एकताको पहल लिन अनुरोध गर्नुभएको हो ।

तत्कालिन नेकपा जोड्ने अभियानमा लाग्नु भएका गौतमले नयाँ दल खोलेपछि पहिलो पटक ओलीलाई भेट्न बालकोट पुग्नुभयो ।

दुई नेताबीचको भेटमा तत्कालिन नेकपा विभाजन भएपछि सबैभन्दा ठुलो पार्टी अध्यक्ष ओली हुनुहुन्छ । नेता गौतमले ओलीलाई भन्नुभयो, ‘तपाईले नै वाम एकता जोड्न पहल गर्नुस् त्यसपछि मात्रै माहोल बन्दै जान्छ ।’

गौतमको अनुरोधमा पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले खासै प्रक्रिया दिनुभएन । गौतमको सचिवालयका अनुसार वाम एकता छोडेर ओली विगतका कुरा गरेर फर्किनुभयो ।

गौतमको प्रस्तावलाई ओलीले गम्भीर रुपमा नलिएको बताइयो । तत्कालिन नेकपा फुटाउन गौतम आफै सक्रिय भएकाले पुनः एकता गराउन जानुको कुनै अर्थ नभएको अध्यक्ष ओलीको बुझाई छ ।

अध्यक्ष ओली निकट श्रोतका अनुसार तत्कालिन नेकपा फुटाउन वामदेव गौतम नै लागेका थिए । उनी खुलेर नलागेको भए पार्टीको यो अवस्था हुने थिएन ।

गौतमले एकताका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु