काठमाडौं । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको छ ।

वेस्ट भर्जिनियाका स्थायी वासिन्दा उनको हन्टिङगटनस्थित चेट्रान्स अफेयर्स मेडिकल सेन्टरमा आज मृत्यु भएको हो ।

“आज अमेरिकाले समुद्रमा परिचालित एक बहादुर सैनिकमात्र गुमाएको छैन सर्वोच्च सम्मान पाएका स्वतन्त्रताका रक्षकलाई गुमाएको छ,” अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले एक विज्ञप्तिमा भनेका छन् ।

दोस्रो विश्वयुद्धमा उनले जापानी सैन्यको तोपगोलाको पर्वाह नगरी कैयौँ सैन्य संरचना एक्लै ध्वस्त पारेका थिए ।

बाइस वर्षका हर्शेललाई उनको सौर्यको सराहना गर्दै सन् १९४५ मा राष्ट्रपति ह्यारी ट्रुम्यानले ह्वाइट हाउसमा राष्ट्रको सर्वोच्च पुरस्कार प्रदान गरेका थिए ।

जापानसँगको भीषण युद्धमा अमेरिकी बख्तरबन्द गाडी र पैदल सेनाका लागि उनले बाटोमात्र बनाएनन् जापानीले ठाउँठाउँबाट शत्रुमाथि प्रहार गर्न तयारी अवस्थामा राखेका मेसिनगन हटाएका थिए ।

शत्रुपक्षले चारैतिरबाट गरेको प्रहारको एक्लै सामना गर्दै उनी चार घण्टा लडेका र जापनी फौजलाई आच्छुआच्छु पारेका थिए ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु