काठमाडौं । दक्षिण भारतका चलचित्रले बलिउडलाई टक्कर दिन थालेपछि सो उद्योगमा सक्रिय कलाकार विश्वभर चर्चित छन् ।

टलिउड उद्योगका कलाकारलाई भारतसहित विश्वभर फ्यान बनाउन सफल भएका हुन् । ठूलो पर्दामा उनीहरुको उपस्थितिलाई लिएर मानिसहरू ताली बजाउन थाल्छन् ।

उनीहरु आफ्नो उद्योगका सुपरस्टार हुन् । तर के तपाईलाई थाहा छ दक्षिण भारतका धेरै ठूला कलाकारहरु पर्दाका साथै वास्तविक जीवनमा पनि सुपरस्टार छन् । यस्ता धेरै कलाकार छन्, जसले सर्वसाधारणलाई खुलेर चन्दा र सहयोग दिन्छन् ।

नागार्जुन
नागार्जुनलाई टलिउडका प्रतिष्ठित कलाकारमा गनिन्छ । उनले आफ्ना फिल्महरु मार्फत फ्यानहरुको धेरै माया पाएका छन् । तर उनलाई मन पराउनुको अर्को कारण पनि छ ।

नागार्जुनले हालै हैदरावाद–वारङ्गल राजमार्गको उप्पल–मेडिपल्ली क्षेत्रको चेङ्गीचेर्ला वन ब्लकमा रहेको १०८० एकड जङ्गल ग्रहण गरेका छन् ।

उनले तेलङ्गानाका मुख्यमन्त्री के चन्द्रशेखर रावको जन्मदिनको अवसरमा यो महान कार्य सुरु गरेका हुन् । नागार्जुनले वन ग्रहण गर्नुका साथै वनको विकासका लागि भारु २ करोड रुपैयाँ दान पनि गरेका छन् ।

विशाल
विशालका धेरै फिल्महरूको हिन्दी डब गरेर हेर्ने गरिएको छ । उनका हिन्दी दर्शकहरु पनि धेरै छन् । उनको स्वभाव जति दयालु छ, उति नै महान काम पनि गर्छन् ।

वास्तवमा स्वर्गीय अभिनेता पुनीत राजकुमारले कैयौं गौशाला, अनाथालय र १८०० बालबालिकालाई निःशुल्क शिक्षा दिने जिम्मेवारी लिएका थिए । तर अचानक पुनीत राजकुमारले यस संसारलाई बिदा गरेपछि यी बालबालिकाको भविष्य अन्धकारमा देखिन थाल्यो । तर त्यसपछि विशालले यी १८ सय बालबालिकाको शिक्षाको जिम्मेवारी लिने निर्णय गरेका हुन् ।

महेश बाबू
महेश बाबुलाई टलिउडमा सबैभन्दा चलाख अभिनेता मानिन्छ । उनी जति चलाख छन्, त्यति नै उनको मन पनि सुन्दर छ । यसको प्रमाणका रुपमा महेश बाबुले आन्ध्र प्रदेश र तेलङ्गानाका दुईवटा गाउँ ग्रहण गरेका छन् ।

उनले तेलङ्गानाको सिद्धपुरम र हैदरावादको बुरिपालेम नामका दुईवटा गाउँ ग्रहण गरेका हुन् । ती गाउँको जनसंख्या क्रमशः लगभग २०६९ र ३३०६ रहेको छ ।

अल्लु अर्जुन
पुष्पा द राइज १ पछि, अभिनेता अल्लु अर्जुनले विश्वभर चर्चा कमाए । उनी एक महान अभिनेता हुनुका साथै एक महान मानव पनि हुन् ।

उनीभित्र भएको मानवतालाई यसरी पनि अनुमान गर्न सकिन्छ कि उनी आफ्नो जन्मदिनमा पार्टी गर्न छोडेर मानसिक रोगी बालबालिकासँग धेरै समय बिताउँछन् । उनी त्यस दिन रक्तदान पनि गर्छन् ।

पुनीत राजकुमार
पुनीत राजकुमार आज हामी माझ नभएपनि उनले आफ्नो अभिनयका साथसाथै राम्रो कर्मबाट जनताको मनमा विशेष स्थान बनाएका छन् । उनको कर्मका कारण मान्छेहरु उनलाई कहिल्यै भुल्ने छैनन् ।

पुनीतले जीवित रहँदा १८०० गरिब बालबालिकाको शिक्षाको जिम्मेवारी लिएका थिए । त्यो मात्रै होईन्, उनले कोरोना अवधिमा ८० लाख भन्दा धेरै सहयोग पनि गरेका थिए ।

पुनीतराजले जिउँदै पुण्य कर्म गरेका थिए, संसार छाडेर पनि उनले धेरैको जीवन उज्यालो बनाएका हुन् । वास्तवमा उनले आफ्नो जीवनकालमै आँखा दान गरेका थिए । उनको मृत्युपछि अंग दानको कदमले केही मानिसहरूको अँध्यारो जीवनमा उज्यालो ल्याएर आयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु