काठमाडौं । पूर्वमन्त्री रामकुमारी झाँक्रीको टिकटक मोह कुनै नयाँ कुरा होईन् ।

मन्त्री भएपछि केही कम गर्नुभएकी उहाँ पुनः सक्रिय भएको भन्दै एक भिडियो भाइरल हुँदैछ ।

हालै बाहिर आएको भिडियोमा नेतृ झाँक्री गिफ्ट माग्दै गरेको अवस्थामा हुनुहुन्छ । टिकटक लाइभ आउनु भएकी उहाँलाई अब के एमालेमा फर्किनुहुन्छ भनेर एकजनाले सोध्नुभयो ।

जवाफमा उहाँले भन्नुभयो, ‘छैन समाजवादीमा नै छु ।’ त्यसबीच एकजनाले उपहारमा गुलाफ पठाउँछन् ।

अनी झाँक्री भन्नुहुन्छ, ‘थ्याङ्क्यू फर रोज’ लाइभमा एकजनाले माकुने काकाको खबर के छ भनेर सोध्छन्, जसको जवाफमा उहाँले त्यस्तो कुरा नलेख्न अनुरोध गर्नुहुन्छ ।

सबैलाई धन्यवाद भन्दै गर्दा कुनै बेला ‘थ्याङ्क्यू नानी बाबु’ भनेर ट्रेन्ड चलेको कुरा पनि उहाँले स्मरण गर्नुभयो ।

नेकपा एकिकृत समाजवादीकी नेतृ समेत रहनु भएकी उहाँले आफ्नो कुरा भन्नका लागि लाइभमा हेर्ने मान्छेहरु पर्याप्त नभएको भन्दै पीडा पनि पोख्नुभयो । उहाँले भन्नुभयो, ‘मैले मेरो एकलौटी कुरा केही भन्न पाको छैन् ।

७०० कतिजना हुनुभाछ । तपाईंहरु अलिकति ८००, अलिकति बढ्नुभयो भने सानो म्यासेज भन्न चाहान्छु ।’

टिककटमा भएका साथिहरुलाई आफूले दिन लागेको सन्देश राम्रो हुने कुरा पनि उहाँले उल्लेख गर्नुभयो । लाइभमा हेर्नेहरु एक हजार पुगेपछि उहाँको म्यासेज आयो ।

उहाँले भन्नुभयो, ‘नमस्ते म...थाहा पाइहाल्नुभो मेरो आइडिबाट म रामकुमारी झाँक्री । म साढे आठ महिना, नौं महिनापछि मात्रै यो टिकटकको लाइभमा आको छु ।

फेसबुक लाइभ वा अरु एप्लीकेसनबाट पनि लाइभ आउने सुविधा छ, तर मलाई त्यो भन्दा टिकटकको लाइभमा तपाईंहरुलाई भेट्न सजिलो हुन्छ ।’

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

https://youtu.be/AQWNcLaZBs0

सम्बन्धित खबरहरु