काठमाडौं / इस्लामाबाद । सार्क पत्रकार मञ्च (एसजेएफ) ले पत्रकार प्रकाश सिलवाललाई नेपाल च्याप्टरको संयोजकमा मनोनित गरेको छ ।

यसैगरी हुसैन चौधरीलाई एसजेएफ पाकिस्तान च्याप्टरको संयोजकको जिम्मेवारी दिनेगरी मनोनित गरेको छ ।

कार्यसमितिले निर्णय गरेपछि उनीहरुलाई सार्क पत्रकार मञ्च (एसजेएफ) नेपाल र पाकिस्तान च्याप्टर गठन गर्ने जिम्मेवारी दिइएको छ ।

शिलवाल नेपालका युवा, अनुभवी, ऊर्जावान र गतिशील पत्रकार नेता हुन् भने चौधरी पनि पाकिस्तानका युवा, समर्पित र गतिशील पत्रकार नेता हुन्।

शिलवाल नेपाल शिक्षा पत्रकार समाजका अध्यक्ष तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य हुन् भने उनी नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार संस्था (रासस) नेपालका वरिष्ठ पत्रकारको रूपमा कार्यरत छन् ।

हुसैन चौधरी हाल पाकिस्तानको राष्ट्रिय समाचार च्यानल हम न्यूजमा अनुसन्धान रिपोर्टरका रूपमा कार्यरत छन् ।

चौधरी पत्रकार समुदायका सामाजिक क्षेत्रमा निकै सक्रिय छन् । उनी लाहोर प्रेस क्लबको लगातार तीन पटक सदस्य हुन् ।

हुसैन चौधरीले यसअघि जीएनएन न्युज टिभी, ९२ न्यूज टिभी, सिटी ४२ टिभी, भ्याल्यु न्यूज टिभी र डेली पाकिस्तान एवं डेली खबर लगायत उर्दू पत्रिकामा समेत कार्य अनुभव लिइसकेका छन् ।

उनले पाकिस्तानभरबाट सेन्टर फर एक्सीलेन्स इन जर्नलिज्म (सीईजे) द्वारा मानवीय रिपोर्टिङ अवार्ड २०१८ पाएका छन् । उनले नजरिया पाकिस्तान काउन्सिलले दिने ट्रस्ट इन रिपोर्टिङको कायद–ए–आजम स्वर्ण पदक जितेका थिए ।

शिलवाल र चौधरीले छिट्टै सार्क पत्रकार मञ्च (एसजेएफ) को नेपाल र पाकिस्तान च्याप्टरको घोषणा गर्नेछन् ।

अध्यक्ष राजु लामा, उपाध्यक्ष रामनाथ विद्रोही र महासचिव मोहम्मद अब्दुर रहमानले शिलवाल र चौधरीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।

सम्बन्धित खबरहरु