काठमाडौं । काठमाडौं उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयूकेएल र ट्याङ्करको पानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत ठाउँका पानीको नमुना परीक्षण गरेको थियो ।
परीक्षणमा खानेपानी सिधै पिउनयोग्य नरहेको भेटिएको हो । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयूकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ ।
नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले आज पनि अनुगमन गर्दैछ । विशेषगरी जारको पानीलाई लक्षित गरी अनुगमन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड अनुसार जारको पानी वितरण भए नभएको समेत अनुगमन गरिने वाणिज्य विभागका निर्देशक हरि पङ्गेनीले बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार अनुगमनका क्रममा पानीको जार पुनः प्रयोग हुँदा राम्ररी सफा नगरिएका कारण जीवाणु भएको अनुमान गरिएको छ । कतिपयले खोलाको पानी भरेर सिधै वितरण गर्न ल्याएको पनि भेटिएको उहाँले बताउनुभयो।
पिउन अयोग्य पानी बिक्री गरिरहेको पाइएकाले यस्ता व्यवसायीलाई कारबाही गर्ने पनि उहाँले बताउनु भएको छ । स्वास्थ्य विज्ञले यस अघि नै काठमाडौंमा भित्रभित्रै हैजा फैलिएको हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए ।
काठमाडौंमा गएको २ गते पहिलो पटक बागबजारका दुई दिदीबहिनीमा हैजा पुष्टि भएको थियो । त्यसपछि अहिलेसम्म उपत्यकामा १४ जनालाई हैजा पुष्टि भइसकेको छ । बेलैमा सावधानी नअपनाए अवस्था भयावह बन्ने विज्ञले चेतावनी दिएका छन् ।
केयूकेयल र ट्याङ्करले वितरण गर्ने पानीमै हैजाको जीवाणु भेटिएपछि जोखिम र चुनौती झन् बढेको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउनुहुन्छ । उपत्यकामा हैजा फैलने जोखिम उच्च रहेकाले यसको रोकथामका लागि पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पिउन तथा स्वथ्य खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ । उहाँले जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन आग्रह गर्नु भएको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- सन्नी लियोनीलाई टक्कर दिन सक्ने भन्दै नेपाली चेली सुष्मा अधिकारीको भारतभर चर्चा [ १० तस्वीर ]
- पैसाका लागि गायिका सुनारको हत्या : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति
- अमेरिकामा ट्रकमा मृत फेला परेका ४६ जनाको मृत्युको कारण यस्तो रहेछ
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- चीनको बीआरआईलाई चुनौती दिन धनी राष्ट्रहरूले ६ सय अर्ब डलर परिचालन गर्ने
- युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ
- हज्जारौंको भीडमा कमेडियन कपिल शर्माले श्रीमती गिन्नीको अपमान गरेपछि…
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- चर्चितहरुको फेसबुकमा देखिने यो निलो टिक के हो ? कहिले र कसरी पाउन सकिन्छ ?
- ज्योति मगरको सुन्न र हेर्न नसक्ने छाडा : सिँधै गर्ने हो भन्छन्, तर म अझै कुमारी छु !
- यहाँ छिन् बाल्यकालकी अभिनेत्री करिना कपुर, हजुरबुबासँगको सम्बन्ध खुलाउँदा विवादित
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?