धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहटका लागि छुटेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस गएराति दुर्घटनामा परेको हो ।

बस सडकमा पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

खाल्डाखुल्डी परेको र घुम्ती सडकका कारण दुर्घटना भएको थियो । दुर्घटनामा सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

सात जना गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु