काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कुहिने फोहोरलाई मल बनाउन क्रियाशील रहेको बताउनुभएको छ ।

प्रमुख शाहले मलको हाहाकारलाई कम गर्न कुहिने फोहोरलाई मल बनाउन महानगरपालिका क्रियाशील रहेको बताउनुभएको हो ।

उहाँले जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै फरक पार्नेमा आफू सचेत रहेको बताउनुभयो ।

प्रमुख शाहले भन्नुभयो, ‘काठमाडौंमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्वरता र उब्जनीको ठूलो भूमिका छ ।

उर्वर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भूमिका छ ।’

शाहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।

सम्बन्धित खबरहरु