काठमाडौं । नयाँबानेश्वरस्थित सङ्घीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।

सम्बन्धित खबरहरु