काठमाडौं । आन्तरिक रूपमा विस्थापित भएकाहरूलाई उनीहरूको मूलघरमा नै पठाउने सरकारको बढ्दो दबाबका कारण करिब पाँचलख अफगान परिवार चाँडै घरबारविहीन हुने जोखिम बढेको छ ।
नर्वेजियाली शरणार्थी परिषद्का देशीय निर्देशक नील टर्नरका अनुसार करिब चार हजार सर्वसाधारणलाई काबुल र आसपासका घरहरूबाट बाहिर निकालिएको छ ।
सरकारी दबाब जारी रहेमा दशौँ हजार मानिस आवासविहीन हुनेछन् र त्यस्तो अवस्थामा सहायता संस्थाहरूले पनि विस्थापितहरूलाई सहयोग गर्न नसक्ने परिस्थिति उत्पन्न हुनेछ ।
अफगानहरू दशकौँको युद्ध, खडेरी, राजनीतिक उथलपुथल र आर्थिक मन्दीबाट विस्थापित भएका छन् भने हालै भूकम्पले उनीहरूको भविष्य तहसनहस भएको छ ।
ठूला शहरका बाहिरी क्षेत्रमा अस्थायीरूपमा बसोबास गर्दै आएका उनीहरूलाई सरकारले तुरुन्त त्यहाँबाट बाहिरिन आह्वान गरेको छ । काबुलको बाहिरी इलाका मजार–ए–शरीफ र दाइकुण्डी तथा केही अन्य प्रान्तबाट तालिबानले धेरै विस्थापितहरूलाई धपाएको आरोप छ ।
परिषद्का निर्देशकले उपयुक्त विकल्प सुनिश्चित नभएसम्म अनौपचारिक बस्तीहरू बन्द गर्दा पीडितहरूमाथि थप प्रभावित हुने र उनीहरू ठूलो जोखिममा पार्ने बताए ।
गत वर्षको द्वन्द्वले सातलाखभन्दा बढी अफगानी आफ्नो घर छोड्न बाध्य भएका तथा विगतमा विस्थापित भएका ५५ लाख घरवारविहीनमा ती थपिएिका अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले जनाएको छ । विशेष गरी महिला र केटीहरूले बढ्दो सुरक्षा जोखिमको सामना गरिरहेका छन् ।
सन् १९९० देखि २००१ सम्म देशमा शासन गरेको तालिबानले गत वर्ष त्यहाँबाट अन्तर्राष्ट्रिय सेना फिर्ता भएपछि शासनसत्ता पुनः आफ्नो हातमा लिएको छ । देश अहिले प्रणालीगत पतनको छेउमा पुगेको छ ।
देशको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको सख्त आवश्यकता परेको छ तर सहायता प्राप्त हुने लक्षण देखिएको छैन ।
आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।
- भारतले फेरी घोषित नाकाबन्दी थाल्यो
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- काकीसँग मैले नियमित सम्बन्ध दिइरहदा समेत अरुसँग पनि सम्बन्ध छ भनेपछि सह्य भएन, अनि सिध्याएँ
- छोरीको विवाहमा मात्र ७ अर्ब ७८ करोड खर्च गर्ने प्रमोद अहिले यसरी देशकै ठूलो कंगाल बने
- काठमाडौंको मुल सडकको अग्लो रुखमा युवा झुण्डिएको अवस्थामा फेला
- रामकुमारी झाँक्रीपनि भन्न थालिन् ट्याप, ट्याप.. थ्याङ्कयु सो मच.. रोज रोज प्लिज [भिडियोसहित]
- यौनसम्पर्कपछि तुरुन्तै पिसाब फेर्न किन आवश्यक हुन्छ ? महिलाहरूलाई विशेष सुझाव
- योनीबाट केही न केही तरलपदार्थ झरिरहन्छ ? कतै यस्तो रोग लागेको छ हैन !
- यी बानी सुधारे मुटु रोगको जोखिमबाट ९५ प्रतिशतसम्म घटाउन सकिन्छ
गरिबीमा डुबेका अफगान नागरिक इरान र पाकिस्तान पलायन भएका छन् भने आगामी दिनहरूमा पनि त्यो क्रम जारी रहने सम्भावना रहेको छ ।
जीविकोपार्जन जटिल बन्दै जाँदा उनीहरू विकल्पविहीन भएका छन् जसले विस्थापन र आप्रवासनका समस्यालाई अझ जटिल बनाएको छ ।