काठमाडौं । रेस्लर अस्मिता जुरेलीले युवा संघ नेपालका केन्द्रीय सदस्य हिक्मत बोहराविरूद्ध उजुरी दिनु भएको छ । आफूमाथि दुर्व्यवहार गरेको भन्दै उहाँले जाहेरी दिनु भएको हो ।

ललितपुर महानगरपालिकास्थित फर्सिडोलमा गत बुधबार धान दिवसको दिन नेकपा एमाले निकट युवा संघले धान रोप्ने कार्यक्रम आयोजना गरेको थियो ।

त्यसक्रममा बोहराले आफूमाथि दुर्व्यवहार गरेको भन्दै जुरेलीले जाहेरी दिनु भएको छ । उहाँले ललितपुर जिल्ला परिसरमा जाहेरी दिनु भएको हो । बोहरा र जुरेली दुवै जना युवा संघका आवद्ध हुनुहुन्छ ।

बोहरा केन्द्रीय सदस्य हुनुहुन्छ भने जुरेली सदस्य हुनुहुन्छ । उहाँले बिहीबार परिसरमा पुगेर जाहेरी दिएको ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी गराउनुभयो । शुक्रबारबाट प्रक्रिया अघि बढ्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

जुरेलीले दुई वटा विषय समावेश गरेर जाहेरी दिनु भएको छ । दुर्व्यवहार र अभद्र व्यवहार गरेको भन्दै उहाँले जाहेरी दिनुभयो । उहाँमाथि दुर्व्यवहार भएका भिडियोहरू सामाजिक सञ्जालमा समेत भाइरल भइरहेका छन् ।

हिक्मले भने अस्मिताले भनेजस्तो आफूहरू अपरिचित नभएको भन्दै आफूले नियतवस कुनै दुर्व्यवहार नगरेको प्रष्टीकरण दिनु भएको छ । जाहेरीपछि अब बोहरालाई पक्राउ गरेर थप कारबाही थाल्ने छ ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।

सम्बन्धित खबरहरु