काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा ८० बर्षीय वृद्ध पक्राउ परेका छन् । बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका–७ का ८० बर्षीय दिलबहादुर बिक पक्राउ परेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक मुकेश न्यौपानेले यसको पुष्टि गर्नुभयो ।

बिहिबार राती बलात्कार आरोपी बिकलाई राती पक्राउ गरी थप अनुसन्धन शुरु गरिएको जानकारी दिनु भयो ।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पीडित बालिकाको मेडिकल परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको इन्स्पेक्टर न्यौपानेले बताउनु भएको छ ।

आँखामा समस्या देखिएपछि बिकलाई अहिले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गरिएको पनि प्रहरीले जनाएको छ ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।

सम्बन्धित खबरहरु