काठमाडौं । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जनाएको छ ।

बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुईवटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुईजना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई बताएका छन्।

घाइतेहरूलाई उपचारका लागि चाबहार इमाम अली अस्पताल लगिएको उनले जनाकारी दिएका छन् ।

आफ्ना नागरिकलाई स्वदेश फर्काउँदै
इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फिर्ता गराउने कामलाई निरन्तरता दिएको विदेश मन्त्रालयले शुक्रबार जानकारी दिएको थियो ।
मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनामा आफ्ना कम्तीमा पनि ४३ हजार नागरिकलाई फिर्ता गरेको छ । यहाँका सञ्चार सेवासम्बन्धी मन्त्री लेगेसे तुलुले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको र गएको तीन महिना यतामात्र यहाँका कम्तीमा पनि ४३ हजारलाई फिर्ता गरेको बताएका छन् .

इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताउनुभएको छ ।

यता मन्त्री तुलुकाअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन् । तीमध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया फसेका बताइएको छ ।

कागजात बिना नै साउदी अरेबियामा रहेका ती इथियोपियालीलाई स्वदेश फर्काउने अभियान इथियोपियाले केही महिना अघि सुरु गरेको हो । गएको मार्चमा इथियोपियाली सरकारले एक समिति गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यको सुरुआत गरेको थियो । त्यसपछि यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको हो ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।

सम्बन्धित खबरहरु