काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको छ । उहाँको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको हो ।

लामिछानेले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको थियो । शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी आयोगमा दर्ता भएको जानकारी गराउनुभयो ।

उहाँको पार्टीलाई गोलाकारभित्रको घन्टी चुनाव चिन्ह दिइएको छ । राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै निर्वाचन आयोगमा उजुरी पनि परेको थियो ।

लामिछानेले आयोगमा दल औपचारिकरुपमा दर्ता भएसँगै अब जनताको बीचमा जाने बताउनुभयो । उहाँका अनुसार राजनीतिक दल दर्ता भएको छ ।

अब जनताको बीचमा जानुपर्ने हुन्छ । अब पार्टी निर्माण गर्न जनतामा जाने उहाँले उल्लेख गर्नुभयो । लामिछानेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जनाको केन्द्रीय समिति रहेको छ ।

समितिमा रहेका नाम अब औपचारिकरुपमा सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।

सम्बन्धित खबरहरु