काठमाडौं । प्रशान्त तामाङ छिट्टै बाबु बन्दै हुनुहुन्छ । सामाजिक सञ्जाल फेसबुकमा तस्बिर शेयर गर्दै उहाँले श्रीमती मार्था एली गर्भवती भएको खबर सार्वजनिक गर्नुभएको हो ।

आफ्ना प्रशंसकलाई यो खबर सरप्राइज भएको पनि उहाँले बताउनुभयो । बाबु बन्न लागेको खबर सार्वजनिक गर्दै उहाँले लेख्नु भएको छ, ‘सानो मान्छे आउँदै छ, म उत्साहित छु ।

यो अर्को सुरुवात हो । म प्रेमको पर्खाइमा छु ।’ तपाईंलाई जानकारी गराउ कि प्रशान्त अहिले भारतमै हुनुहुन्छ ।

तामाङ भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको ‘ईण्डियन आइडल २००७’ नामक कार्यक्रममा विजयी हुने प्रथम नेपाली मूलका भारतीय हुनुहुन्छ ।

उक्त कार्यक्रमामा भाग लिने उहाँ पहिला भारतीय प्रहरीका जवान पनि हुनुहुन्छ । प्रशान्तका पिताको प्रहरीमै रहेक बेला सवारी दुर्घटनामा निधन भएपछी उहाँलाई कोलकाता प्रहरीमा उक्त जागीर गर्ने अवसर प्राप्त भयो ।

प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो । प्रशान्तको घरमा श्रीमतीसहित हजुरआमा, आमा र एक बहिनी हुनुहुन्छ ।

जिन्दगीमा कहिलेपनि औपचारिक रूपमा संगीतको शिक्षा हासिल नगरे पनि प्रशान्तले प्रहरीमा अकेस्ट्रामा भाग लिने गर्नुहुन्थ्यो ।

शान्त स्वभावका प्रशान्तले साथीहरूको अनुरोधमा ईण्डियन आइडलको कोलकाता अडिशनम भाग सलनुभयो, जहाँबाट उहाँको सफलताको यात्रा सुरु भयो ।

 

सम्बन्धित खबरहरु