
काठमाडौं । एक मेयरले घडियाल गोहीसँग विवाह गरेका छन् । मेक्सिकोको एउटा सानो सहरमा परम्परागत सांगीतिक कार्यक्रमका साथ रंगारंग कार्यक्रममा विवाह सम्पन्न भएको हो ।
रमाइलो गर्दै गर्दा परम्परागत नेताहरु जनतामाझ आएर कोसँग बिहे भएको पुष्टि गरियो ।
रोयटर्सका अनुसार सान पेड्रो हुआमेलुलाका मेयर भिक्टर ह्युगोलले बिहीबारको विवाहमा सानो गोहीको ओठमा झुकेर आफ्नो हात राखेका थिए । गोहीले टोक्न नपरोस् भनेर उसको मुख कडासँग बाँधिएको थियो ।
यो परम्परा ओक्साका राज्यको चोन्टल र हुवा जनजाति समुदायहरूमा शताब्दीयौंदेखि चल्दै आएको छ । यो प्रकृतिको समृद्धिको लागि प्रार्थना जस्तै हो ।
ओक्साकाको प्यासिफिक कोस्टका मेयर सोसाले भने, ‘हामी प्रकृतिबाट पर्याप्त वर्षाको माग गर्दछौं, पर्याप्त खानाको माग गर्दछौं, हामी नदीमा माछा पर्याप्त मिलोस् भन्ने चाहान्छौँ ।’ ओक्साका मेक्सिकोको गरीब राज्यहरुमा पर्दछ ।
त्यो देशको सबैभन्दा धनी संस्कृति छ, धेरै समूहले आफ्नो भाषा र परम्परालाई जोगाउन जोड दिदैँ आएका छन् । स्यान पेड्रो हुआमेलुला पुरानो परम्परा अब क्याथोलिक आध्यात्मिकता संग मिश्रित छ ।
यसमा गोहीलाई सेतो पोशाक लगाउनुका साथै अन्य रंगीन पोशाकहरूले रङग्याउने गरिन्छ । सात वर्षीया घडियाललाई सानो राजकुमारी भनेर सम्बोधन गर्दै पृथ्वीको प्रतिनिधित्व गर्ने देवीको रूपमा लिइएको छ । स्थानीय नेतासँग विवाह गर्दिनुको अर्थ मानिसलाई देवताहरूसँग जोड्ने भन्ने हो ।
शहनाई बज्नेबित्तिकै ढोल र नगाडा बज्न थालेपछि स्थानीयवासी गोहीको दुलहीलाई काखमा लिएर गाउँको सडकमा उत्रिए । मानिसहरूले आफ्नो टोपी लगाएर उसको पंखा फुकिरहेका थिए ।
देवमाता भनेर चिनिने इल्या इडिथ अगुइलरले यो विवाहको व्यवस्था गरेकी हुन् । यो समारोह गर्न पाउँदा आफू सम्मानित भएको बताउँदै उनले बेहुलीले के लगाउने भनेर छनोट गर्न निकै समय खर्चेको बताइन् । उनले मुस्कुराउँदै भनिन्, ‘धेरै सुन्दर परम्परा हो ।’
आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।
- भारतले फेरी घोषित नाकाबन्दी थाल्यो
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- काकीसँग मैले नियमित सम्बन्ध दिइरहदा समेत अरुसँग पनि सम्बन्ध छ भनेपछि सह्य भएन, अनि सिध्याएँ
- छोरीको विवाहमा मात्र ७ अर्ब ७८ करोड खर्च गर्ने प्रमोद अहिले यसरी देशकै ठूलो कंगाल बने
- काठमाडौंको मुल सडकको अग्लो रुखमा युवा झुण्डिएको अवस्थामा फेला
- रामकुमारी झाँक्रीपनि भन्न थालिन् ट्याप, ट्याप.. थ्याङ्कयु सो मच.. रोज रोज प्लिज [भिडियोसहित]
- यौनसम्पर्कपछि तुरुन्तै पिसाब फेर्न किन आवश्यक हुन्छ ? महिलाहरूलाई विशेष सुझाव
- योनीबाट केही न केही तरलपदार्थ झरिरहन्छ ? कतै यस्तो रोग लागेको छ हैन !
- यी बानी सुधारे मुटु रोगको जोखिमबाट ९५ प्रतिशतसम्म घटाउन सकिन्छ