काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभएको छ ।
ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गर्नुभयो ।
नेपालले पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् ।
कृषि, जलविद्युत् र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युत्को उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिजुलीको खपत गरेर नेपाली धनी बन्न सक्छन्, बढी भएको बिजुली निर्यात गरेर नै देश समृद्ध बन्न सक्छ ।”
आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत्, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताउनुभयो ।
देशभर गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विद्युतीकरणका संरचरनागत सुधारमा आफूले जोड दिएको उल्लेख गर्दै उहाँले विद्युतीय सवारी साधन र विद्युतीय उपकरणको प्रयोग गरेर खपत बढाउन अपिल गर्नुभयो ।
आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।
- भारतले फेरी घोषित नाकाबन्दी थाल्यो
- यो तस्वीरमा चितुवा कही देख्नुहुन्छ ? अति तिक्ष्ण बुद्धी भएका १ प्रतिशतले मात्र देखे
- काकीसँग मैले नियमित सम्बन्ध दिइरहदा समेत अरुसँग पनि सम्बन्ध छ भनेपछि सह्य भएन, अनि सिध्याएँ
- छोरीको विवाहमा मात्र ७ अर्ब ७८ करोड खर्च गर्ने प्रमोद अहिले यसरी देशकै ठूलो कंगाल बने
- काठमाडौंको मुल सडकको अग्लो रुखमा युवा झुण्डिएको अवस्थामा फेला
- रामकुमारी झाँक्रीपनि भन्न थालिन् ट्याप, ट्याप.. थ्याङ्कयु सो मच.. रोज रोज प्लिज [भिडियोसहित]
- यौनसम्पर्कपछि तुरुन्तै पिसाब फेर्न किन आवश्यक हुन्छ ? महिलाहरूलाई विशेष सुझाव
- योनीबाट केही न केही तरलपदार्थ झरिरहन्छ ? कतै यस्तो रोग लागेको छ हैन !
- यी बानी सुधारे मुटु रोगको जोखिमबाट ९५ प्रतिशतसम्म घटाउन सकिन्छ