काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहको निर्वाचन चिन्ह लौरो पाउँदा बुढाबुढी, गरिब, विपन्न र अशक्तलाई टेकाउन, भ्रष्ट्राचारीलाई सेकाउन नारा नै बनाइएको थियो ।

तर सत्तामा पुगेको केही दिनमा नै बालेनले भ्रष्ट्राचारीहरुकै हातबाट विपन्नलाई सेकाउन आदेश दिए ।

नगर प्रहरीको छवि राम्रो छैन । व्यवसायीसँग हप्ता उठाउँदै कानून मिचेर व्यवसाय गर्न दिने गरेको गुनासा जताततै छन् । तर उनै नगर प्रहरीले अति विपन्न जसले आज मकै नपोले भालिका खाने गाँस नै खोसिन्छ ।

उनीहरुमाथी लाठि बजारेका छन् । काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गरेको छ।

बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडियोमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्।

यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने बताएको थियो।

निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो। त्यही चेतवानीलाई आधार मानेर यति हदसम्म गरियो । मकै ठेला सबै उठाएर प्रहरीले लग्यो ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ । 

सम्बन्धित खबरहरु