काठमाडौं । मोरङमा शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या भएको छ ।
शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ ।
शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
‘घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरुको घर पनि जलेको छ’ उहाँले बताउनुभयो ।
शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा गम्भीर अवस्थामा रहेकी बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो ।
उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरु दुई जनामात्र बसोबास गर्थे ।
बबिताका श्रीमानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्रको लत्ता कपडा, भाडाकुँडा र अन्नपात पनि जलेको छ ।
आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।
- मेरी श्रीमती म भन्दा ७ बर्ष कान्छि छिन् अब यसो नगरौ मात्र के भनेको थिए हिंसाको आरोप लगाइन् !
- रुस र युक्रेनका राष्ट्रपति आमुन्ने–सामुन्ने हुँदै
- काकीसँग मैले नियमित सम्बन्ध दिइरहदा समेत अरुसँग पनि सम्बन्ध छ भनेपछि सह्य भएन, अनि सिध्याएँ
- छोरीको विवाहमा मात्र ७ अर्ब ७८ करोड खर्च गर्ने प्रमोद अहिले यसरी देशकै ठूलो कंगाल बने
- काठमाडौंको मुल सडकको अग्लो रुखमा युवा झुण्डिएको अवस्थामा फेला
- दाँत नमाझेकाले डेढ वर्षको छोरालाई किस गर्न श्रीमतीले रोकेपछि रिसाएका श्रीमानले हत्या गरे
- पुरुष हार्मोनमा हुने कमजोरी–सुधार्नुस् यी बानी जसले यौन क्षमतामा कमजोरी ल्याउन सक्छ
- योनीबाट केही न केही तरलपदार्थ झरिरहन्छ ? कतै यस्तो रोग लागेको छ हैन !
- एक प्याकेट कण्डमको मूल्य एक लाख रुपैयाँ, तरपनि किन्नेको लाग्यो लामो लाईन