काठमाडौं । हालैमात्र आफूले खाली गरेको ब्ल्याक सीमा अवस्थित ‘स्नेक आइल्याण्ड’ मा रुसले फोसफोरस बम खसालेको युक्रेनको सेनाले आरोप लगाएको छ ।

युक्रेनको सेना प्रमुख भालेरी झालुज्नीले क्रिमेया प्रायद्वीपबाट उडेको एसयू–३० युद्ध विमानले टापुमा बम खसालेको दाबी गरेका हुन् ।

उता रुसको रक्षा मन्त्रालयले स्नेक आइल्याण्ड खाली गर्नुलाई ‘सद्भावनाको सन्देश’ को रूपमा व्याख्या गरेको छ ।

मस्कोले युक्रेनको बन्दरगाहबाट खाद्यान्न निर्यात गर्ने संयुक्त राष्ट्रको प्रयासमा आफूहरूले हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ ।

तर, युक्रेनको सेनाले भने रुसले आफ्नै प्रतिबद्धतालाई सम्मान गर्न नसकेको आरोप लगाएको छ । युक्रेनको सेनाले टापुमा भएको बम आक्रमणको दाबी गर्दै भिडियो फुटेज पनि सार्वजनिक गरेको छ ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ । 

सम्बन्धित खबरहरु