काठमाडौं । हालै भएको एक अध्ययनले सेक्स गरिरहेका बेला सडन कार्डियाक अरेष्ट अर्थात् आकस्मिक ह्रदयघात हुने सम्भावना महिलाको तुलनामा पुरुषमा बढि हुने देखाएको छ ।

तर यस्तो समस्या कहिलेकाँकी मात्रै हुने गरेको छ । अमेरिकाको सीडर सायनाय मुटु संस्थानका डाक्टर सुमीत चुघले ४५५७ वटा ह्रदयघात सम्बन्धी घटनाको अनुसन्धान गर्नुभएको थियो ।

यो अनुशन्धानको निकर्ष सही रहेको नेपाली ह्दयरोग विशेषज्ञ डा. ओममुर्ती अनिलकोपनि भनाई छ ।

त्यसमा ३४ जनामा सेक्सको समयमा वा त्यसको एक घण्टाभित्र ह्रदयघात पाइयो । डरलाग्दो पक्ष के हो भने ३४ जनामा महिला २ जना मात्रै थिए ।

सीपीआर दिन सबैले जान्नु पर्छ
अध्ययनमा के कुरा पनि थाहा भयो, भने एकतिहाई बिरामीलाई सीपीआर दिइयो ।

डा. चुघका अनुसार यदि अर्को व्यक्तिलाई सीपीआर कसरी दिने भन्ने बारेमा थाहा भएको भए ती व्यक्तिहरुलाई जोगाउन सकिन्थ्यो, त्यसले सबैले सीपीआर सिक्न जरुरी छ ।

तपाईंलाई जानकारी गराउ कि सीपीआर आपत्तकालमा दिइने एक प्राथमिक उपचार हो, जसमा छातीमा जोडले पटकपटक थिच्ने गरिन्छ । उहाँका अनुसार सेक्स र आकस्मिक ह्रदयघातको जाँचसम्बन्धी यो नै पहिलो अनुसन्धान हो ।

उहाँले आफ्नो अनुसन्धान प्रतिवेदन अमेरिकन हार्ट एसोसियशनको कन्फ्रेन्समा समेत प्रस्तुत गर्नुभएको थियो । कार्डियाक अरेष्ट हर्ट एट्याक होइन । डा. चुघका अनुसार कार्डियाक अरेष्ट र हर्ट एट्याक फरक कुराहरु हुन् ।

हर्ट एट्याक त्यतिबेला हुन्छ, जब मुटुमा जाने रगत प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । त्यस्तै सडन कार्डियाक अरेष्टमा पनि केही गडबडीका कारण अचानक मुटुले काम गर्न बन्द गर्छ । यो अवस्थामा व्यक्ति बेहोस हुन्छ । स्वासप्रश्वास पनि बन्द हुन्छ । त्यतिबेला तत्काल सही उपचार पाएन् भने बिरामीको ज्यानै समेत जान सक्छ ।

कार्डियाक अरेष्टसँग जोडिएको केही तथ्यहरु
अस्पतालभन्दा बाहिर हुने कार्डियाक अरेष्टमा ९० प्रतिशत बिरामीलाई बचाउन सकिँदैन । तत्काल सीपीआर नपाउँदा पनि बिरामीको बाँच्ने सम्भावना हरेक मिनेट १० प्रतिशतले कम हुँदै जान्छ । यदि पहिलो केही मिनेटमै सीपीआर मिल्यो भने बिरामीको बाच्ने सम्भावना दुईदेखि तीन गुणाले बढ्छ ।

सीपीआरको समयमा छातिमा एक मिनेटका सयदेखि १२० पटकसम्म दबाब दिनुपर्छ, यसलाई सम्झनाको लागि अमेरिकाको म्युजिक व्याण्ड बीजीजका गीत स्टेइङ अलाइभको सुन्न सल्लाह दिइन्छ ।

पहिलेदेखि नै विरामी थिए धेरै व्यक्तिहरु
डा. चुघ र उहाँका सहयोगीहरुले पोल्याण्डमा सन् २००२ देखि २०१५ सम्म वयस्कहरुमा आउने सडन कार्डियाक अरेष्टसँग सम्बन्धित घटनाको अनुसन्धान गरे, जसमा एक प्रतिशतभन्दा कम बिरामीमा कारण सेक्स थियो ।

ती मध्य अधिकांश घटना मध्यम उमेरका अफ्रीकी अमेरिकी व्यक्तिमा थियो, जो पहिले देखि नै मुटुसम्बन्धी रोगबाट ग्रसित थिए । एजेन्सी

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ । 

सम्बन्धित खबरहरु