काठमाडौं । हामीले माया अन्धो हुन्छ भन्ने सुनेका छौं । भर्खरै यस्ता धेरै घटनाहरू पनि बाहिर आए, जसले यो भनाइलाई सत्य सावित गर्छन् ।

मानिसहरू पुतली (डल), सर्प वा उनीहरूसँग जोडिएको कुनै पनि मनपर्ने चीजहरूसँग प्रेममा पर्ने गरेका छन् ।

प्रेम मात्रै नभई उनीहरुले बिहे समेत गरेका छन् । यस्तै एउटा घटना ब्राजिलबाट बाहिर आएको छ, त्यहाँ एक ३७ वर्षीया महिला एउटा र्याग डलको प्रेममा परिन् । त्यसपछि उनले उसैसँग बिहे पनि गरिन् ।

ती महिला डलसँगै हनिमुनमा गइन् । यति मात्र होइन, अहिले ती महिलाले त्यो डलसँगको सम्बन्धबाट आफू आमा बनेको दाबी पनि गरिरहेकी छिन् । उनको नाम मारिभोन रोचा मोरेस हो । उनी पुतलीलाई मार्सेलो भन्छिन् ।

द मिररको रिपोर्टका अनुसार मोरेस डान्सर हुन्, जसको कुनै डान्स पार्टनर थिएन । उनी सधैं आमासँग यसबारे गुनासो गर्थिन् । सोही कारण उनले धेरै पटक नाच्न नगएको पनि बताइन्छ ।

त्यसपछि उनकी आमाले छोरीको लागि एउटा पुतली बनाएकी थिइन् । मोरेस पुतलीलाई भेट्नेबित्तिकै आफू त्यसको प्रेममा परेको बताउँछिन् ।

मार्सेलोको बारेमा मोरेस भन्छिन्ः मार्सेलोलाई भेट्नेबित्तिकै म पहिलो नजरमै उनको प्रेममा परेँ । मार्सेलो एक विश्वासी पति हो । सबैले उसको ईर्ष्या गर्छन् । हाम्रो विवाहमा करिब २५० जना आएका थिए ।

हाम्रो बिहेमा पनि सामान्य बिहेजस्तै खानपान थियो । फोटो सेसन थियो । मैले मार्सेलोलाई औंठी दिएँ। बिहेको सुरुदेखि हनिमुनसम्म धेरै रमाइलो गरेँ । मार्सेलो मैले सधैं चाहेको पति हो ।

मार्सेलो मसँग कहिल्यै झगडा गर्दैन् । सधैं मलाई बुझ्छ। हामीले हाम्रो हनीमून रियो दि जेनेरियोमा बितायौं, जहाँ मैले थाहा पाए कि म मार्सेलोको बच्चाको आमा बन्दैछु ।

रिपोर्टका अनुसार बच्चाको जन्म हुँदा एक वेबसाइटमा २०० जनालाई लाइभ स्ट्रिमिङ पनि गरिएको थियो । मोरेसले गर्भावस्थामा आफूलाई कुनै पीडा नभएको बताइन् । उनीहरुले बच्चाको नाम मार्सेलिन्हो राखेका छन् ।

मोरेसले आफूलाई लिएर मानिसहरूले गर्ने कुराहरु मन नपरेको बताइन् । उनले भनेकी छिन्ः जब मानिसहरू भन्छन् यो सब वास्तविक होइन, तब मलाई निकै रिस उठ्छ । म एक राम्रो मान्छे हुँ, कुनै पनि कुराको फाइदा कसरी लिने भन्ने थाहा छैन । म मार्सेलोलाई धेरै माया गर्छु ।

तपाईंलाई जानकारी गराउ कि यस्तो बिहे भएको यो घटना पहिलो होइन । केही दिनअघि भारत, गुजरातको बडोदरामा एक युवतीले आफूसँग बिहे गरेकी थिइन् । यो विवाहमा उनका आफन्त मात्रै थिए ।

दुलाहबिना दुलही मात्रै थिइन् । युवतीले आफैंलाई सिन्दुर लगाइन्, सात फेरा लिइन् । विवाहपछि उनी आफैंसँग हनिमुनमा पनि गइन् ।

केटीको नाम क्षमा बिन्दु हो । यो भारतको पहिलो एकल विवाह थियो । यसबाहेक विश्वभर टेडी बियर, सर्प, सेक्स डल, डिजिटल क्यारेक्टर र स्मार्टफोनसँग बिहे गरेका घटना पनि बाहिर आएका छन् ।

यहाँसम्म पढ्दै आइपुग्नुभएकोमा धन्यवाद, आफूले पढिसकेको यो जानकारी र सन्देशमुलक सामाग्री सेयर गरिदिनुहोस् है !

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ । 

सम्बन्धित खबरहरु