ग्राण्ड बैंकलाइ प्रभु बैंकमा मिसाउने सम्झौता गरेपछि प्रभु समूह उत्त्साहित भएको छ । ग्राण्डका अध्यक्ष स्वरुप गुरुड. कोनेसँग आफ्रने कार्यालय बिजुलीबजारमा एक्विजिशन सम्झौतामा हस्ताक्षर गरेपछि प्रभुका अध्यक्ष देबीप्रसाद भट्टचनले भने, हामी धेरै उत्साहित भएका छौ ।

भट्टचनले प्रभुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५४ करोड खुद नाफा गरेको जानकारी पनि दिए ।

प्रभु बैंकका अध्यक्ष भट्टचनले दिएको जानकारी अनुसार ८२ करोड रुपैयाँ राईट ब्याक गरी ५० करोड प्रोभिजन गरेर पनि ५४ करोड खुद नाफा गरेको हो । यस क्रममा सार्क हस्पिटलबाट २८ करोड, एप्पल ईन्टरटेन्मेन्टबाट १८ करोड, एशियन फाउन्डेशनबाट ८ करोड खराब कर्जा असुल गरिएको छ ।

 उता, ग्राण्डका अध्यक्ष कोनेले पनि प्रभुसँग मिल्न पाउनु गौरवको कुरा भएको भन्दै ग्राण्डको दोस्रो त्रैमासको बित्तीय प्रतिबेदन पनि अत्यन्त उत्साहपूर्ण आउने जानकारी दिए ।

स्वाप रेसियो कति ?

प्रभुका अध्यक्ष भट्टचनले ग्राण्डलाई प्रभुले किनेको नभई एक प्रकारको मर्ज नै भएको बताए । उनले भने प्रभुले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको र हालै मात्र मर्ज भएर शेयर कारोबार खुलेकाले मर्ज भन्न नमिलेको हो । हाम्रो सम्मानजनक मिलन हो ।

उनले शेयर स्वाप रेसियो पनि डडिीए सम्पन्न भएपछि तय गरिने जानकारी दिए । स्रोतका अनुसार प्रभुले ग्राण्डलाई ६० प्रतिशत स्वाप रेसियो दिने प्रस्ताव गरेकोमा ग्राण्डले ७० मागेको छ । कुरा मिल्न बांकी रहेकाले डीडीएकै आधारमा मिलाउने सहमति भएको छ ।

प्रभुको फैलदो संजाल

उता, फाईनान्स कम्पनीबाट अरु फाईृनान्स तथा बिकास बैंकलाई आफुमा गाभ्दै अगाडि बढेको प्रभु समूहले किष्ट बैंक, गौरीशंकर बिकास बैंक र जेनिथ फाईनान्सलाई आफुमा समाहित गरेपछि ठूलो संजाल भएको बाणिज्य बैंक भएको छ । तीन अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभुले ग्राण्डलाई आफुमा मिलाएपछि पाँच अर्ब २० करोड पुग्ने छ । त्यसैगरी निक्षेप ४५ अर्ब ९० करोड र कर्जा ४९ अर्ब ५ करोड हुने जनाईएको छ । यो एक्विजिशनपछि प्रभुको शाखा संजाल १३४ र एटीएम १२४ हुनेछ । ग्राण्ड र प्रभुका शाखाहरु २ वटा बाहेक अरु नदोहोरिने भएकाले यथास्थानमा नै रहने भएका छन् भने कर्मचारीहरु ब्यवस्थापन गर्न स्वेच्छिक अबकाश योजना ल्याईने भट्टचनले जानकारी दिनुभएको छ । प्रभुमा कर्मचारी संख्या १३०० पुग्नेछ ।

छ बर्ष अघि खारेजीमा गएको नेपाल बिकास बैंकको लिलाम हुन नसकेको सम्पतिको हिसावमा सो बैंकलाई नौ करोडमा किन्ने योजना पनि प्रभुले राष्ट्र बैंकमा पेश गरेको छ । प्रभुले तत्कालीन किष्ट बैंकबाट प्रबाह भएको खराब कर्जा असुली गरी यस आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेखनीय सुधार भएको बित्तीय प्रतिबेदन प्रकाशित गर्ने तयारीमा छ ।

खराब कर्जा उठाउने चुनौति

ग्राण्डलाई समेत मिलाएपछि प्रभुको पूँजीकोष १०.२० प्रतिशत हुने छ । निस्क्रिय कर्जा अनुपात भने १६.१७ पुग्नेछ । तत्कालीन किष्ट बैंकको खराब कर्जा उठाएर तंग्रिन लागेको प्रभुलाई फेरि ग्राण्डको खराब कर्जाको भारी उठाउनुपर्ने छ । तर, खराब कर्जा उठाएर आगामी बर्षमा हुने साधरणसभामा लाभांश बाड्नसक्ने अबस्थामा पुग्ने लक्ष्य रहेको प्रभुका अध्यक्ष भट्टचन बताउँछन् । उनका अनुसार हाल ग्राण्ड बैंकको निक्षेप १२.७४ अर्ब र कर्जा ११.८५ अर्ब रहेको छ । निस्क्रिय कर्जा असुली तीब्र पार्दा त्यो असुलीमा समय नलाग्ने उनको भनाई छ । यस आर्थिक बर्षको अन्त्यसम्ममा पूँजी पर्याप्ता ११.२० पुग्ने आशा प्रभुका संचालकहरुले गरेका छन् ।

ग्राण्ड बैंकको २ अर्ब रुपैयाँ पूँजी र २२ शाखा छन् । गत आर्थिक बर्षको अन्त्यमा झण्डै २ अर्ब घाटामा गएपछि ग्राण्डले राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही भोगिरहेको छ ।

यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा पनि राष्ट्र बैंकको कारबाहीबाट मुक्ति पाउने गरी खराब कर्जा असुली गर्न नसकेपछि ग्राण्ड बैंकले अन्य बैंकमा गाभिने उपाय खोजेको थियो । यसक्रममा केही दिन पहिले जनता बैंकसँग मर्जको कुरा चलाएर ड्यु डिलिजेन्स अडिट (डीडीए) गरे पनि कुरा मिल्न नसकेपछि ग्राण्डसँग बेचिने निष्कर्षमा पुगेको हो ।

कसरी भयो ग्राण्ड धरासायी ?

ग्राण्ड बैंकलाई धरासायी बनाउन त्यसका संस्थापक कार्यकारी सुधिर खत्रीको मुख्य हात रहेको कर्मचारीहरु बताउंछन् । उनले ग्राण्डलाई धरासायी बनाएपछि राजीनामा गरेको बहाना गरी बाहिरिएका थिए । त्यसपछि २०७१ जेठ १९ गते बसेको संचालक समितिको बैठकमा दोस्रो तहका कर्मचारी मनोज भट्टराईले बैंक धरासायी अबस्थामा पुगेको जानकारी गराएपछि संचालकहरुवीचमा तनावको अवस्था सिर्जना भएको थियो ।

गत असारमा बैंक ठूलो घाटामा गएपछि तत्कालीन प्रमुख कार्यकारी पर्शुराम कुँवर क्षत्रीले सबै निस्क्रिय कर्जा असुलीका लागि ३५ दिने सूचना निकाल्ने, धितो लिलाम गरी ऋण असुली गर्ने, लिलाम नभएको धितो बैंके नै गैरबैकिड. सम्पतिको रुपमा सकार्ने र अन्य बैक तथा बित्तीय संस्थासँग मर्ज गर्ने लगायतका बिकल्प अगाडि सार्दा संचालक समिति र कर्मचारीहरुलेसहयोग नगरेपछि उहाँले गत कार्तिकमा राजीनामा दिनुभएको थियो । त्यस यता ग्राण्डले कुनै पनि ऋणीको धितो लिलामीकौ सुचना निकालेको छैन् । स्रोतका अनुसार ग्राण्डकै स्रचालकहरुको जमानतमा ऋण लिएका ४३ जना ठूला घरानाहरुले अधिकांश ऋण लिएका छन् । उनीहरुले आफ्नो शक्ति प्रयोग गरी ऋण असुली गर्न बाधा पुर्याएका थिए ।

बैंक समस्यामा पर्नुअघि २१ अर्ब निक्षेप र १६ अर्ब कर्जा भए पनि राष्ट्र बैंकको कारबाहीपछि निक्षेप १५ अर्ब र कर्जा १४ अर्बमा खुम्चिएको थियो । काठमाडौको कमलादीमा ग्राण्डको आफ्नै स्वामित्वको भब्य कार्यालय भवन रहेको छ । ग्राण्ड बैंकमा धेरै संस्थापक शेयरधनीहरु मारवाडी समुदायका छन् ।

सम्बन्धित खबरहरु