काठमाडौं । उत्तर कोरियाले आफूलाई लक्ष्यित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएकामा त्यसको आलोचना गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको बताएको छ ।

उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले गरेको शत्रुतापूर्ण व्यवहारको निन्दा गर्दै त्रिदेशीय सैन्य सहयोगले आफ्नो सैन्य क्षमता बढाउन बाटो खोलेको जनाएको छ ।

उत्तर कोरियाका छिमेकीहरूले पनि प्योङयाङ हतियार परीक्षणहरूको उत्तेजक दौडमा रहको तथा पाँच वर्षपछि पहिलो आणविक परीक्षणको लागि तयार रहेको बताएका छन् ।

पछिल्लो परिस्थितिले कोरियाली प्रायद्वीप र बाँकी विश्वको सुरक्षा वातावरणको द्रुत गतिमा बढ्दो तीव्र वृद्धिसँगै त्यसको सक्रियताका साथ सामना गर्न देशको प्रतिरक्षा निर्माण तत्काल गर्नुपर्नेमा जोड दिँदै उत्तर कोरियाको विदेश मन्त्रालयले आह्वान गरेको छ । यद्यपि उसले आफ्नो सैन्य सामथ्र्य कसरी बढाउने भन्ने बारेमा केही उल्लेख गरेको छैन ।

गत साता स्पेनमा भएको उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनको साइडलाइनमा अमेरिका, दक्षिण कोरिया र जापानी नेताहरूबीच भएको त्रिपक्षीय बैठकमा उत्तर कोरियाको आणविक चुनौतीको सामना गर्न पारस्परिक सहयोग अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ । 

सम्बन्धित खबरहरु