काठमाडौं । वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लाखौँको क्षति पु¥याएको छ ।
केही दिनदेखि लगातार परिरहेको वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दै गरेको अवस्थाको मकैबाली सोत्तर बनाउँदा लाखौँको क्षति भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ ।
हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पु¥याएको नगरका प्रवक्ता एवं वडा नं ७ महादेविस्थानका कमल गिरीले बताउनुभयो ।
जिल्लाभर मुख्यबालीका रुपमा लगाइने मकै खेती लगाउने गरिएको तर हावाहुरीले उत्पादन दिनै नसक्ने गरी मकैको बोट ढलेको किसानले बताएका छन् ।
घोगा लाग्दै गरेको अवस्थामा भाँचिएर ढलेको मकै उठाउन नमिल्ने, उठाए पनि दाना नलाग्ने किसान बताउँछन् । मकैमा क्षति पुग्दा किसान निरास बनेको दुर्छिमका स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र) का युवा नेता तामन राईले बताउनुभयो ।
हावाहुरीले फलफूल, रुख तथा बाँसका झाङसमेत लडाएको जनाइएको छ । नगर कृषि शाखाका संयोजक सुरज पाण्डेले भने हावाहुरीले मकैमा पुगेको क्षतिको औपचारिक जानकारी आउन बाँकी रहेको जानकारी दिनुभयो ।
दुर्छिमको चुमाखु, रातमाटेलगायत ठाउँमा लगाइएको मकैबाली हावाहुरीले ढालेर जमिनमा मिलाएको पाइएको छ । हावाहुरीले अर्खौलेको नवलपुर, पारीगाउँ, फेदीलुबुलगायत अधिकांश वडामा मकै ढालेको वडाध्यक्ष अर्जुन पुरीले बताउनुभयो ।
हावाहुरीले मकैमा पु¥याएको क्षतिको विषयमा जताततैबाट गुनासो आइरहेको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभयो । मकै सुख्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाको प्रमुख बाली हो ।
आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।
- कस्तो क्रान्ति : नेताका छोरा मरेर शालिक भए, जनताका छोरा उपचार नपाएर मर्न बाध्य भए !
- पूर्वजनमुक्ति सेनाका घाइते कमाण्डरको उपचार नपाएर काठमाडौंको सडकपेटीमै मृत्यु
- बुध ग्रह मिथुन राशिमा प्रवेश गर्दा अब १५ दिन यी ५ राशिलाई अति शुभ ७ राशिका लागि अति अशुभ
- काठमाडौंमा नै घरभित्र विशाल सर्प : कसैले भने भगवान विष्णु, कसैले भने नागदेवताको आगमन
- तपाईका अगाडि शनिवार यी ७ संकेत देखिए भने बुझ्नुहोस तपाईको भाग्य चम्किदैछ, भविष्य बदलिदैछ
- डलसँग प्रेम, बिहे र सेक्स : अहिले गर्भवती बनेको तथ्य बाहिर आएपछि सबै चकित
- पुरुष हार्मोनमा हुने कमजोरी–सुधार्नुस् यी बानी जसले यौन क्षमतामा कमजोरी ल्याउन सक्छ
- के सेक्स र आकस्मिक ह्रदयघातबीच सम्बन्ध छ ?
- यो बर्षको रक्षा बन्धनको दिन यो समय दिदीबहिनीले भुलेरपनि नबाध्नु राखी : उल्टो फल हुन्छ
वर्षासँगै चलेको हावाहुरीले अन्नबालीमा प¥याएको क्षतिबारे अनुगमन समिति गठन गरेर स्थलगत अध्ययनपछि कृषकलाई राहत उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो ।
“वर्षासँगै चलेको हावाहुरीले नगरपालिकावासी किसानको लाखौँ क्षति भएको छ”, उहाँले भन्नुभयो, “उनीहरूलाई राहत दिलाउन अनुमगन समिति गठन गरेर स्थलगत अध्ययन गर्ने तयारी भइरहेको छ ।”
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा गत वर्ष लामो समयको खडेरीले मकैको बोट सुकेपछि उत्पादनमा गिरावट आएको थियो । मकै, कोदो, बदाम, गहत, जुनेलो र फापर खेतीमात्र हुने सुख्खाग्रस्त क्षेत्र हलेसीमा लामो समयको खडेरीले असर गरेपछि नगरवासीमा भोकमरी भएको थियो ।
खानेपानीसमेत आकाशबाट झरेको वर्षाद्को पानी सङ्कलन गरेर उपभोग गर्दै आएका हलेसीका स्थानीयवासी लामो समयको खडेरीले खेतीपातीको काम नहुँदा ज्यालादारीको काम खोज्न सहर पसेका थिए ।
खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसाय नहुने स्थानीयवासीलाई नगरपालिकाबाट राहत अनुदान वापत रु एक करोड ४० लाख बजेटबाट विनियोजन गरेर खाद्यान्न वितरण गरिएको थियो ।
वर्षासँगै चलेको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको किसानले बताएका छन् । हावाहुरीले पु¥याएको क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो ।