काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

नेपालका लागि भारतीय राजदूत बनेर भर्खरै नेपाल आउनुभएका राजदूत श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलोपटक भेटघाट गर्नुभएको हो ।

गृह मन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुढृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरुप कृषि क्षेत्रमा रासायनिक मल सहजीकरण गर्न आग्रह गर्नुभएको थियो । राजदूत श्रीवास्तवले नेपालसँग भएको सम्झौता कार्यान्वयमा आफूले पहल गर्ने बताउनुभएको थियो ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ । 

सम्बन्धित खबरहरु