काठमाडौं । हिन्दू देवताहरूको तस्वीर भएको पत्रिकामा मासु बेच्ने व्यक्ति पक्राउ परेका छन् ।

भारत, उत्तर प्रदेशको सम्भलमा हिन्दू देवताहरूको तस्वीरसहितको पत्रिकामा कुखुराको मासु बेच्नुका साथै प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका हुन् ।

बीबीसी हिन्दीका अनुसार घटना आइतवारको हो, जब तालिब हुसैन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू देवी–देवताको तस्वीरसहित अखबारमा बेरिएको कुखुरा बिक्री गरिरहेको गुनासो गरेका थिए ।

एफआईआरमा उल्लेख गरिए अनुसार जब प्रहरी टोली पसलमा पुग्यो, तालिब हुसैनले उनीहरूलाई मार्ने नियतले छुरीले आक्रमण गरेका थिए ।

तालिब हुसैनमाथि आईपीसीको धारा १५३–ए, २९५–ए र ३०७ अन्तर्गत मुद्दा लगाइयो । यस विषयमा अनुसन्धान भइरहेको छ ।

https://twitter.com/ivishalkaushik/status/1543943882131394560

युपी प्रहरीलाई ट्याग गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘प्रहरीले तालिब नामका एक व्यक्तिलाई पक्राउ गर्‍यो, जसले यूपीको सम्भलमा देवी–देवताको फोटोसहित अखबारमा ननभेज बेच्ने गरेको थियो ।

त्यहाँ महर रेष्टुरेन्ट नामक होटलको काउन्टरबाट देवीदेवताका फोटोसहितका पत्रपत्रिका पनि ठूलो संख्यामा भेटिएका छन् ।’

यस ट्विटमा सम्भल प्रहरीले जवाफ दियो, ‘घटनाको सम्बन्धमा प्रहरी चौकी सम्भलमा सम्बन्धित धारामा मुद्दा दर्ता गरी आरोपीलाई पक्राउ गरिएको छ, अन्य कानूनी कारबाही भइरहेको छ ।’

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ । 

सम्बन्धित खबरहरु