काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा कुनै न कुनै कुराहरु भाइरल हुन्छन् ।

त्यसलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले रोचक प्रतिकेयाहरु पनि दिने गरेका छन् । ट्वीटरमा एक किसान तस्वीर भाइरल भइरहेको छ ।

ती व्यक्ति दूधमा पानी मिलाइरहेका छन् । तस्वीर साझा गर्दै पाकिस्तानको हमन्युजमा कार्यरत फातिमाले लेख्नु भएको छ, ‘असल मान्छे अझै पनि छन् । एक सज्जन मानिस दूध बेच्नु अघि धुँदै’ ।

ट्वीटरमा यो तस्वीर खुब भाइरल बनेको हो । ३३ हजार भन्दा धेरैले फातिमाको पोस्टलाई मन पराएका छन् ।

https://twitter.com/NutsAtNust/status/1481145146922225668?fbclid=IwAR3EnuTjZbT_txBnKGPBxUE31-gi28TVKIsRfUcp8778u1lqj19JNwVMR50

रमाइला रमाइला खालका प्रतिकृयाहरु पनि आएका छन् । एक व्यक्तिका अनुसार हाम्रो समाजमा हर कोही व्यक्ति यस खालका मिलावटमा लागेको छ ।

तर देश विकास नहुनुको पछाडि दोषी कर्मचारी र नेता मात्रै हुन् । पानीमात्र मिसाएको दुध मान्य हुने भए पनि दुधवालाहरुले थप रसायन मिलाउने गरेको गुनासाहरु पनि आएका छन् ।

एक जना लेख्छन्, ‘यदि यो पानी मात्र हो भने हामी यसलाई स्वीकार गर्नेछौं । तर ब्लीच, तेल अन्य केमिकल र हर्मोन इन्जेक्शनहरू पनि उपलब्ध छन् ।’ यो तस्वीरमा देखिएका व्यक्ति पाकिस्तानी हुन् ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ । 

सम्बन्धित खबरहरु