काठमाडौं । अभिनेत्री मलाइका अरोराले मिस इन्डिया फिनालेमा छक्क परिन् । सबै देखिने पारदर्शी गाउनमा उनी रेड कार्पेटमा हिँडिन् ।

फेमिना मिस इन्डिया २०२२ को ग्रान्ड फिनाले मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजना भएको थियो । जहाँ ३१ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

सो कार्यक्रमको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा मलाइका अरोराले सबै देखिने पारदर्शी गाउन लगाएकी थिइन् ।

मिस इन्डिया २०२२ बाट मलाइकाका तस्वीर बाहिर आएका थिए । जसमा अभिनेत्री अचम्मको देखिन्छिन् । मलाइका यति धेरै हट देखिएकी छिन् कि तपाई अभिनेत्रीबाट आँखा हटाउन सक्नुहुन्न।

मलाइका मिस इन्डिया फिनालेमा छालाको रंगको पारदर्शी गहिरो गाउन लगाएर पुगेकी थिइन् । जसमा उनी निकै सेक्सी देखिएकी थिइन् ।

मलाइकाले यो गाउन कति सुन्दर ढंगले बनेको छ त्यो तस्वीरमा देख्न सकिन्छ । अभिनेत्रीको गाउनमा धेरै भारी काम गरिएको छ, जसका कारण अभिनेत्रीले कम गहना लगाएकी छिन् ।

पार्टी होस् वा अवार्ड समारोह जतिबेला मलाइका अरोरा यस्तो स्टाइलमा देखिएकी छिन्, जसले उनलाई उद्योगमा सबैभन्दा स्टाइलिस अभिनेत्रीको रूपमा प्रमाणित गर्छ ।

यस ड्रेसमा मलाइका अरोराको परफेक्ट फिगर प्रस्टै देखिने गरेको छ भने अभिनेत्रीले फोटोग्राफरहरुलाई पनि फुर्सदका साथ पोज दिएकी छिन् ।

मलाइका अरोराका अलावा नेहा धुपिया र कृति सेनन पनि मिस इन्डिया २०२२ मा सहभागी भइसकेका छन् ।

आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ । 

सम्बन्धित खबरहरु