काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा मागेको छ । संसदीय छानबिन समिति गठन गर्नुअघि एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने शर्त राखेको हो ।

अर्थमन्त्रीमाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेको छ । सोही कुरालाई लिएर एमालेले संसदीय छानविनको माग गर्दै आएको थियो ।

सत्तारुढ दलहरु सुरुमा संसदीय समिति गठनका लागि तयार थिएनन् । अर्थ मन्त्रालयले १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज रहने भन्दै बजेट निर्माणको समयको फुटेज मेटिएको जानकारी गरायो ।

त्यसपछि अर्थमन्त्री शर्मामाथि गठबन्धनभित्रैबाट राजीनामाको चर्को दबाव परेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भयो ।

त्यसपछि बुधबार माओवादी संसदीय छानबिन समिति बनाउन तयार भयो । त्यसअघि अर्थमन्त्री शर्माले संसदमा बोल्ने भन्दै माओवादी नेताहरुले एमाले नेताहरुसँग छलफल गरेँ ।

तर एमालेले शर्मालाई स्पष्टीकरण दिने अवसर नदिने अडान लियो । एमाले यतिमा रोकिएन्, संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको हो ।

यो पनि,

सम्बन्धित खबरहरु