काठमाडौं । आज क्रिकेटका कलाकार, जादूगर महेन्द्र सिंह धोनी (माही) को जन्मदिन हो ।

क्रिकेट फ्यान बाहेक माहीले विश्वको मनमा राज गर्छन् । धोनीलाई मन नपराउने मान्छे सायदै होलान् ।

मानिसहरू धोनीलाई हृदयदेखि माया गर्छन् । आज माही ४१ औँ जन्मदिन मनाउँदै छन् । उनलाई सामाजिक सञ्जालमा मानिसहरुले बधाई सन्देश दिइरहेका छन् ।

यसै क्रममा श्रीमती साक्षी धोनीले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा धोनीले राजा जस्तै आफ्नो जन्मदिन मनाइरहेका छन् ।

माहीलाई विश्वभरबाट जन्मदिनको शुभकामना आइरहेको छ । साक्षी धोनीले यो भिडियो ६ घण्टाअघि आफ्नो इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।

यो समाचार लेख्दा सम्म ७ लाख भन्दा बढीले यो भिडियोलाई लाइक गरेका छन् । योसँगै सामाजिक सञ्जालमा करोडौं मानिसले यो भिडियो हेरिसकेका छन् ।

यस भिडियोमा रणवीर सिंह र गुरु रन्धावालगायत धेरै बलिउड कलाकारहरूले शुभकामना दिए । भारतका विभिन्न दिग्गज व्यक्तिहरुले पनि जन्मदिनको अवसरमा धोनीलाई शुभकामना दिइरहेका छन् ।

सम्बन्धित खबरहरु